गरुडामा झड्प हुँदा एक जना घाइते, प्रहरीद्वारा ११ राउण्ड हवाइ फायर

गरुडामा झड्प हुँदा एक जना घाइते, प्रहरीद्वारा ११ राउण्ड हवाइ फायर
सुन्नुहोस्

रौतहट : गरुडा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले  ११ राउण्ड हवाइ फायर गरेको छ।

गरुडा नगरपालिकामा भ्रष्टाचार भएको भन्दै आन्दोलन गर्दै आएका गरुडाका दीपक यादवका समर्थकले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो।

इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरू नगरपालिकालाई सुरक्षा दिन जाँदा प्रहरीसँग झडप भएको थियो।

नगरपालिकाको कार्यालयमा ताला लगाउन खोज्दा दीपक यादवको समूहलाई प्रहरीले रोकपछि प्रदर्शनकारीले ढुंगामुढा गर्दै टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षति पुर्‍याएपछि ११ राउन्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ।

ढुंगा लागेर प्रहरी निरीक्षक वीरेन्द्र पासवानलाई चोट लागेको छ। उनीसँगै प्रदर्शनकारीको ढुंगा प्रहारबाट ६ जना प्रहरी र एकजना स्थानीय घाइते भएको रौतहट प्रहरीका एसपी वीरबहादुर बुढा मगरले जानकारी दिएका छन्।

झडपमा प्रहरीको गोली लागेर गरुडा नगरपालिका वडा नम्वर ५ लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादव घाइते भएका छन्। घाइते यादवको पाखुरामा गोली लागेपछि  स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल विरगञ्ज पठाइएको छ।

मानिसहरूलाई उचालेर प्रदर्शन गराउन ल्याएको भन्दै  दीपक यादव सहित चार जनालाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.