फुडमाण्डुको नयाँ वर्ष अफरः ८० प्रतिशतसम्म छुट पाइने

काठमाडौं : नयाँ वर्ष २०८० को उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तीमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छुटको भौचर कोडहरू प्राप्त गर्न सक्नेछन्।
छुट कति पर्यो भनेर ग्राहकहरूले अर्डर गर्ने बेलामा मात्र थाहा पाउने छन्। आफ्ना ग्राहकलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फुडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकलाई उत्साह र रहस्यको अनुभूति दिन ल्याइएको हो।
फुडमाण्डुका ब्रान्ड मार्केटिङ एक्जेक्युटिभ अंकिता जोशीले भनिन्, ‘हामी निरन्तर रूपमा नयाँ नौलो क्याम्पेन ल्याउन खोजिरहन्छौँ र यो नयाँ वर्ष पनि हाम्रा ग्राहकलाई यो रमाइलो अनुभव प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ।’
यो अफरको लाभ लिन फुडमाण्डुको एपमा जानुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस !
