सेती किनारको धाजा फाटेको क्षेत्रमा खसेकी बालिकाको मृत्यु

सेती किनारको धाजा फाटेको क्षेत्रमा खसेकी बालिकाको मृत्यु

पोखरा : सेती किनारको धाजा फाटेको क्षेत्रमा खसेकी बालिकाको मृत्यु भएको छ। 

सेती किनारको धाजा फाँटेको क्षेत्रमा शनिबार खसेकी बालिकाको उद्धार गरेर अचेत अवस्थामा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्। 

पोखरा-१५ सेती नदी किनारस्थित सिताराम हाउजिङ नजिकैको खाली चौरमा धाजा फाँटेको क्षेत्रमा शनिबार दिउँसो करिब तीन बजे १२ वर्षीया स्मिृती पराजुली खसेकी थिइन। 

धाजा फाँटेको खोचबाट अचेत अवस्थामा उद्धार गरेर अस्पताल पुर्‍याइएकी बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रष्णकुमार विकले बताए। 

घटनाको थप अनुसन्धान भइरहेको पनि उनले बताए। पोखरा-८ नागढुङ्गा बस्ने पराजुलीलाई करिब साढे दुई घण्टापछि सेती किनारको धाजाफाँटेको खोचबाट उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। 

गण्डकी प्रदेश प्रहरी गणबाट खटिएका रेस्क्यु टोलीले खोचबाट बालिकालाई उद्धार गरी अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो। 

उद्धारमा वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक माधव केसी समेतको टोली खटिएको थियो। साँगुरो धाजा फाँटेको क्षेत्रबाट बालिकलाई उद्धार गर्न कठिन भएको थियो। 

१४ वर्षअघि पनि पोखराको नयाँगाउँ नजिकैको सेती खोचको धाजा फाँटेको क्षेत्रमा साढे २ वर्षीया बालिका आरधान प्रधान खेसेकी थिइन्। 

त्यती बेला १४ वर्षका कमल नेपालीले सुरक्षाकर्मी र उद्धार टोलीको समन्वयमा धाजा फाँटेको क्षेत्रमा छिरेर बालिकाको सकुसल उद्धार गरेका थिए। मनिपाल अस्पतालमा उपचार पछि उनको होस खुलेको थियो। 

पोखरामा गहिरिएर बगेको सेती नदीको किनारमा धेरै ठाउँमा धाजाहरु फाँटेका छन्। बालबालिका खेल्न जाँदा बेला बेलामा यस्ता घटना हुने गर्दछ। स्थानीय सरकारले यस्ता जोखिम क्षेत्र पहिचान गरी तारबारले घेरेर सुरक्षित बनाउनुपर्ने स्थानीयको माग छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.