मोरङको लेटाङमा सुधार केन्द्रबाट ७ जना भागे

मोरङको लेटाङमा सुधार केन्द्रबाट ७ जना भागे
मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा सञ्चालन गरिएको उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक सुधार केन्द्र ।

विराटनगर  : मोरङको लेटाङमा रहेको एउटा सुधार केन्द्रबाट शुक्रबार बिहान ७ जना फरार भएका छन् । दुव्र्यसनमा फसेकाहरूलाई सुधार्नका लागि केन्द्रमा राख्ने गरिएको थियो । लेटाङ नगरपालिका–९ जाँतेमा सञ्चालन गरिएको उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रबाट बिहान ६:१५ बजेतिर उनीहरु फरार भएका हुन् । 

फरार हुनेमा लेटाङ–५ का दिलसन तामाङ, पालदेन तामाङ, लेटाङ–६ का अनिल गौतम, लेटाङ–८ का मदन कार्की, विशाल कार्की, कानेपोखरी गाउँपालिका–७ सरोज लिम्बू र केराबारी गाउँपालिका–१० का अनुप परियार रहेका छन् । 

भागेकामध्ये केहीलाई लामो समयदेखि सुधार केन्द्रमा राखिएको थियो । तीमध्ये दिलसनलाई २०८० माघ १५, अनिललाई फागुन १५, मदनलाई फागुन २६, विशाललाई माघ १८, सरोजलाई माघ २९, अनुपलाई असोज ११ गते र पालदेनलाई गत वैशाख १४ गतेदेखि सुधार केन्द्रमा राखिएको थियो । सबैभन्दा धेरै समय अनुप बसेको देखिन्छ । अनुपलाई लगभग साढे ७ महिनादेखि राखिएको थियो । 

सुधार केन्द्रका सञ्चालक रेवत राईका अनुसार लागूऔषधलगायतको दुव्र्यसनमा फसेकाहरुलाई केही समयदेखि सुधारका लागि राखिएको थियो । ‘फरार हुनेमध्ये केही सुधारको समयावधि पुगेकाहरु पनि छन् । उनीहरुलाई स्वयंसेवकको हिसाबले काम गर्न लगाउने गरिएको थियो,’ राईले भने, ‘अचानक उनीहरु भागेछन् । अहिलेसम्म फेला पार्न सकिएको छैन ।’

अभिभावक र परिवारका सदस्यलाई जानकारी गराएर फरार भएकाहरुको खोजी तीव्र पारिएको उनले बताए । भागेकाको खोजीका लागि इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर भीमलाल ओलीको नेतृत्वमा पनि टोली खटिएको छ । घटनाका बारेमा प्रहरीले बिहान १० बजेतिर मात्रै जानकारी पाएको थियो । 

केन्द्रका सञ्चालक राईका अनुसार खोजी थालिए पनि फरार भएकाहरु नभेटिएपछि प्रहरीलाई घटनाको जानकारी गराइएको हो । सुधार केन्द्रमा १८ जना थिए । ७ जना फरार भएको र ११ जना सुधार केन्द्रमै रहेको जानकारी राईले दिए । उनका अनुसार सुधार केन्द्र डेढ वर्षदेखि सञ्चालित छ । ‘सुधार केन्द्रमा रहेकाहरु मध्येबाट नै गार्ड खटाउने गरिएको थियो । चाबी उनीहरूसँगै हुन्थ्यो,’राईले भने, ‘आफूखुसी पछाडिको ढोकाको चाबी खोलेर भागेछन् । यस विषयमा हामीलाई पनि निक्कै पछि मात्रै जानकारी भयो ।’ 

स्थानीयले भने सुधार केन्द्रमा दिने गरिएको यातना सहन नसकेर त्यहाँ राखिएकाहरू भागेको हुनसक्ने अनुमान गरेका छन् । सुधार केन्द्रमा राखिएकालाई यातना दिने गरिएको थियो कि थिएन भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । केन्द्रको लापरबाहीका कारण त्यहाँ राखिएकाहरु भागेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

केन्द्रका सञ्चालक राईले भने कसैलाई पनि कुटपिट नगरिएको र यातना नदिएको बताए । घटनाको प्रकृति हेर्दा सबै जना सल्लाह गरेर भागेजस्तो देखिने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.