पर्यटन प्रवर्द्धन गर्न भारत जाँदै पोखराका पर्यटन व्यवसायी

पर्यटन प्रवर्द्धन गर्न भारत जाँदै पोखराका पर्यटन व्यवसायी
सुन्नुहोस्

पोखरा : कोभिड–१९ पछि थला परेको पर्यटन उद्योगलाई चलायमान बनाउन पोखराका पर्यटन व्यवसायी पर्यटन प्रवर्द्धनको कार्यक्रम लिएर भारतको विभिन्न सहरको यात्रामा निस्कदै छन्। 

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको अगुवाइमा भारतको पटना, बारणासी, आयोध्या र गोरखपुर लगायतका सहरमा पर्यटन प्रवर्द्धनको कार्यक्रम लिएर आइतबारदेखि पाँच दिने यात्राका लागि निस्कन लागेको नाट्टा गण्डकी महासचिव संगीता पौडेलले बताइन्। 

पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतका विभिन्न सहरमा पुगेर स्थानीय पर्यटन व्यवसायी, टुर अपरेटर, पत्रकार आमन्त्रण गरी बिटुबी मिट गरिने छ कार्यक्रम रहेको छ। 

पर्यटन प्रवर्द्धन गर्न पोखराबाट पर्यटन व्यवसायी, ट्राभल एजेन्सीहरू, उद्योगी व्यवसायी र पत्रकार रहने बताइएको छ। बिटुबीमा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिविधिहरू समावेश गरिएको श्रव्यदृश्य देखाइने, प्रवर्द्धनात्मक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। 

कार्यक्रममा पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य हो भन्ने जानकारी दिने, पोखरा धार्मिक, सांस्कृतिक, साहसिक खेल र मनोरञ्जनका लागि महत्वपूर्ण गन्तव्य हो भन्ने जानकारी दिने लगायतका बारेमा जानकारी दिने उद्देश्य रहेको नाट्टाकी महासचिव पौडेलले बताइन्।  

भारतका  विभिन्न सहरमा त्यहाँका पर्यटन व्यवसायी, टुर अपरेटर, पत्रकार संग हुने बिटुबि मिट लगायतका कार्यक्रमले भारतीय पर्यटक नेपाल आउने वातावरण बन्ने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराज अधिकारीले बताए। 

पछिल्लो समयमा भारतीय पर्यटक पनि हिमाली क्षेत्रको पदयात्रामा जान थालेकोले पदयात्रा क्षेत्रको प्रवर्द्धनको कार्यक्रम पनि गरिने उनले सुनाए। 

पछिल्लो समयमा भारतीय पर्यटक आउने क्रम बढेकोले भारतका विभिन्न सहरमा हुने प्रवर्द्धनात्मक कार्यक्रमले थप भारतीय पर्यटक पोखरा घुम्न आउने वातावरण बन्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भारतका विभिन्न सहरमा दुई देशका पर्यटन व्यवसायी, टुर अपरेटर, पत्रकारका बीच हुने बिजनेश टु बिजनेश कार्यक्रममा पोखरा सुरक्षित र सबै मौसममा घुम्न उपयुक्त सहर रहेको सन्देश दिन अनुरोध गरे। 

गण्डकी प्रदेश हिमाल, ताल लगायतका प्राकृतिक सुन्दरता, धार्मिक महत्वको प्रदेश भएको सन्देश दिन पनि उनले अनुरोध गरेका छन्। पर्यटन प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.