गढीमाई गोली काण्ड : १६ जना आरोपी पक्राउ

गढीमाई गोली काण्ड : १६ जना आरोपी पक्राउ
जिल्ला प्रहरी कार्यालय रौतहट। फाइल तस्बिर।

सो घटनामा संलग्न भएको आरोपमा गढीमाईका १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले  जानकारी दिएका छन्।

रौतहट : गोली चलाएको घटनामा प्रहरीले गढिमाई नपाबाट १६ जनालाई पक्राउ गरेको छ। शनिबार बाटो विस्तार गर्ने विषयमा गढीमाई नगरपालिका–८ धोबिनियामा विवाद हुँदा गोली लागेर ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो।

सो घटनामा संलग्न भएको आरोपमा गढीमाईका १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले  जानकारी दिएका छन्।

घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगाएत १६ जना पक्राउ परेका छन्। उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका थिए।

बाटो विस्तार गर्ने क्रममा झडप हुँदा गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो। मृतक यादवको शव परिवारले बुझ्न मानेको छैन। उनको शव अस्पतालमा राखिएको छ।

धोबिनिया टोलको  साँघुरो बाटोलाई गढीमाई नगरपालिकाको योजनामा चौडाइ गर्ने क्रममा स्थानीय दुइपक्षबीच विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ। केही दिन अघिदेखि बाटो विस्तार गर्ने क्रममा स्थानीय रामइश्वर राय र राजकुमार यादव पक्षबीच विवाद हुँदै आएको थियो। दुबै पक्षले आफ्नो जग्गा बाटोमा पर्न नहुने भन्दै विवाद गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.