त्रिशूलीमाथि प्याराग्लाइडिङ

त्रिशूलीमाथि प्याराग्लाइडिङ
सुन्नुहोस्

चितवन : उत्तरतर्फ  हिमाल शृंखलाको मनोरम दृश्य, दक्षिणमा समथर मैदान, त्यसमा नागबेली चालको त्रिशूली नदी। नदी छेउको नारायणघाट मुग्लिन सडकमा गुडेका सवारी साधन। यी सबै दृश्यले मनै लोभ्याउँछ। कविलासको चौकीडाँडाबाट प्याराग्लााइडिङ गर्दा मनै आनन्दित बनाउँछ। २० देखि आधा घण्टासम्मको उडानले स्वर्गको अनुभूति गराउँछ। शुक्रबार नयाँ वर्षको अवसरमा नारायणगढका १० वर्षीय ओरेन श्रेष्ठले प्याराग्लााइडिङको मज्जा लिए। ‘सुरुमा डर लागेजस्तो भएको थियो। तर, आकाशमा उड्दा मज्जा लाग्यो’, उनले भने, ‘आकाशमा उड्दा रमाइलो हुने रहेछ।’

भरतपुर महानगरपालिका–२९ स्थित चौकीडाँडाबाट प्याराग्लाइडिङ गर्दा हिमाल, पहाड र तराई देखिन्छ। पोखराको तुलनामा चितवनकोे प्याराग्लााइडिङ उत्कृष्ट मानिन्छ। चौकीडाँडाबाट उडेपछि देवघाट गाउँपालिकाको जुगेडीमा अवतरण गरिन्छ। १२ सय मिटरको उचाइमा रहेको चौकीडाँडाबाट करिब चार  हजार फिटसम्म उड्न सकिन्छ।  त्रिशूलीसँगै देवघाट, रामनगर, नारायणगढ र पदमपुर छर्लङ्गै देखिन्छ। ‘डाँडादेखि खोला अनि राजमार्ग सबै राम्रोसँग देख्न पाइन्छ। उड्नका लागि एकदमै राम्रो छ’, पाइलटले सञ्जय गौतमले भने, ‘हामीलाई यो ठाँउमा उडाउँदा मज्जा आउँछ।’

हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले पर्यटन विभागबाट अनुमति लिएर उडान सुरु गरेको हो। कम्पनीले चौकीडाँडामा रिसोर्ट खोल्न लागेको छ। प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा कम्पनीको पाँच बिगाह जग्गा छ।  यस्तै बञ्जीजम्प, स्काई साइक्लिङ, स्काई वाक सुरु गर्न लागेको कम्पनीका अध्यक्ष विजय घलेले जानकारी दिए। ‘मौसम चिसो छ। त्यसैले हामी रिसोर्ट बनाउन सुरु गर्दैछौं’, घलेले भने, ‘पर्यटन प्रवद्र्धनका लागि अन्य कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ। चितवनको पर्यटनमा यो नयाँ आयाम हो।’ 

अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखरामा सराङकोट छोडेर मान्द्रे ढुंगाबाट  उडाइन्छ। यसले गर्दा फेवाताल दृष्यको मजा लिन पाइँदैन। त्यसको विकल्पका रुपमा चौकीडाँडालाई लिइएको छ। अन्तर्राष्ट्रिय उडानले प्रभावित भएपछि नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउत विकल्प खोज्दै कविलास पुगेका थिए। प्याराग्लाइडिङमा १६ वर्षको अनुभव संगालेका राउतले चितवनको चौकीडाँडा विश्वमै उत्कृष्ट रहेको बताए। हावाको वहाव, अवतरण, दृष्यावलोकनले यो विश्वमै उत्कृटमध्येमा पर्छ’, उनले भने। 

मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उकालोमा चौकीडाँडा छ। चौकीडाँडा पुग्ने सडक स्तरोन्नती भइरहेको छ। चौकीडाँडा १२ सय मिटरको उचाइमा छ। भरतपुर–२९ कै ५८० मिटर उचाइको कविलासबाट पनि अनुमति लिएको सञ्चालक शालिक दवाडीले जानकारी दिए।

अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखरामा विस्थापित हुन लागेको प्याराग्लाइडिङलाई चितवनमा स्थापित गराउन लागिएको हो।  त्रिशूली नदीमा वाटर एक्टिभिटिज गराइन्छ।  र्‍याफ्टिङ, डेजर्ट सफारीजस्ता क्रियाकलाप गर्ने योजना कम्पनीले बनाएको बोर्ड डाइरेक्टर गोविन्द तिमल्सिनाले बताए। ‘निकै लामो समयको अध्ययन र परीक्षणपछि यो काम थालिएको हो’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.