कोरोनाका कारण एकको मृत्यु
चितवन : जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो।
जिल्लामा अहिले १० जना सक्रिय संक्रमित छन्। कार्यालयको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक/एक रहेका छन्। संक्रमित सबै होम आइसोलेशनमा छन्।