रवि लामिछानेका सवारी चालक थापा छतबाट राति हाम फाले, टाउको र खुट्टामा चोट
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेका छन्। भरतपुर-११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा बिहान ४ बजेतिर छतबाट खसेका हुन्।
गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए। उनको टाउको र खुट्टामा चोट लागेको छ। रहस्यमय उक्त घटनाको प्रहरीले अनुसन्धान थालेको छ।