फास्ट ट्रयाकको शिलान्याश मैले नै गरेको थिएँ, उद्घाटन गर्ने पनि रहर छ : प्रधानमन्त्री

फास्ट ट्रयाकको शिलान्याश मैले नै गरेको थिएँ, उद्घाटन गर्ने पनि रहर छ : प्रधानमन्त्री
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौं–तराई-मधेश द्रूतमार्ग निर्माणको कामले अब तीव्रता पाउने बताएका छन् ।  मंगलबार द्रूत मार्गको बकैया–५ स्थित क्षेत्रको स्थलगत अवलोकनपछि उनले कोरोना संक्रमण जोखिमले निर्माण कार्यमा केही ढिलाइ हुन गएको भएतापनि प्रगति विवरण सन्तोषजनक नै रहेको बताए । 

उनले भने,‘हामीले अवलोकन गर्‍यौं,प्रत्यक्ष हेर्दा काम राम्रै भएको अनुभूति भयो । ठूला–ठूला टनेलहरू बनिरहेका छन् । हिजो मात्रै पनि काठमाडौंमा ब्रिफिङ भएको थियो । कोरोनाका कारण झण्डै साँढे दुई वर्ष काम रोकिएको छ । त्यसलाई मेन्टेन गर्न केही समस्या भएतापनि अब द्रूत मार्ग द्रूत गतिमै निर्माण हुन्छ । त्यसतर्फ सरकारले पहल गर्छ ।’

उनले द्रूतमार्गका निम्ति आवश्यक पर्ने ऐलानी जग्गा र अन्य विभिन्न विषयमाथि मन्त्रिपरिषद्को बैठकबाट निर्णय लिई निर्माणको कार्यमा सहजता प्रदान गरिने बताए । 

प्रचण्डले द्रूतमार्ग निर्माणको जिम्मा कसलाई दिने भन्ने बहस भएका बेला आफैं प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउँदै उनले राष्ट्रको भावना,जनताको चाहना र मनोविज्ञानको कदरस्वरुप नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको स्मरण गरे । 

आफ्नै कार्यकालमा शिलान्यास भएको बताउँदै उनले द्रूत मार्गको उद्घाटन पनि आफ्नै कार्यकालमा हुने प्रतिवद्धता व्यक्त गरे । 

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वला,बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा,बागमती प्रदेशका मन्त्री र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.