आयात प्रतिस्थापन गर्नेगरी तार उद्योगमा ४ अर्ब लगानी

आयात प्रतिस्थापन गर्नेगरी तार उद्योगमा ४ अर्ब लगानी
बुटवल औद्योगिक क्षेत्रमा रहेको उद्योगमा काम गर्दै मजदुर।

बुटवल : विद्युतीय तार आयातलाई प्रतिस्थापन गर्ने गरी बुटवल औद्योगिक क्षेत्रमा रहेको लिटमस इन्डष्ट्रिजले केवल उद्योगमा चार अर्ब पुर्‍याउने गरी उत्पादन विस्तार गरेको छ। 

लुम्बिनी विद्युतको नामबाट ४६ वर्षअघि बुटवलमा स्थापना भएको कम्पनीले लिटमस ब्राण्डको तार उत्पादन गरिरहेको छ। नाम परिवर्तन गर्दै लिटमस कम्पनीले बुटवल औद्योगिक क्षेत्रमा एक अर्ब लगानी गरिसकेको छ।

कम्पनीले नवलपरासीमा दोस्रो प्लान्टको तयारी गरेको छ। कम्पनीका उपाध्यक्ष सरोज मिश्रले उद्योग विस्तारका लागि नवलपरासीमा १५ विगाहा जमिन लिइएको र संरचना निर्माण सुरु भएको बताए।  

‘हामी तार आयातलाई प्रतिस्थापन गर्ने योजनासहित लगानी विस्तार गरिरहेका छौं, योजना पूरा हुँदा लगानी ४ अर्ब पुग्नेछ, उनले भने, ‘घरायसी तथा प्रशारण लाइनमा प्रयोग हुने ४०० केभीए क्षमताका कन्डक्टरदेखि तारसम्म अहिले बनिरहेका छन्।’

बुटवल औद्योगिक क्षेत्रको दुई विगाहा प्लट साँघुरो भएपछि नवलपरासीमा उद्योग विस्तार गर्नुपरेको मिश्राले बताए। यो उद्योगको मातृ कम्पनी भने रमेश कर्प हो। रमेश कर्पले बुटवलको लिटमसमा मात्रै १ अर्ब लगानी गरिसकेको उपाध्यक्ष मिश्रले बताए।

कम्पनीले जर्मन प्रविधिका आधुनिक मेसिन भित्र्याएको छ। विद्युतीय तार उत्पादनमा आधुनिकता भित्र्याउने लिटमस नै पहिले कम्पनी रहेको मिश्रले बताए। कम्पनीले १९९६ मै नयाँ उत्पादन भारतीय बजारमा निर्यात गरेको थियो। अहिले पनि लिटमसका उत्पादन भारत बंगलादेश, भुटानमा बिक्री हुने गरेका छन्।

ओभरहेड कन्डक्टर, तार र केवल तथा इनामेल तार यसका प्रमुख उत्पादन हुन्। कम्पनीका महाप्रबन्धक प्रकाश राजपुरियाले गुणस्तरीय उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिएको बताउँछन्। ‘कम्प्युटर प्रणालीबाट मेसिनले काम गर्छ, सबै उत्पादनको गुणस्तर एउटै छ, उनले भने।

लिटमसले ट्रान्सफर्ममा प्रयोग हुने कच्चा पदार्थको ४५ प्रतिशत हिस्सा उत्पादन गर्दै आएको छ। बाह्य मुलुकबाट आयत हुने पावर केवल विस्तापित गर्ने योजना रहेको उपाध्यक्ष मिश्रा बताउँछन्। ‘हामी केवल उत्पादन मात्रै होइन, मुलुकलाई आर्थिक रुपमा लाभ हुने गरी आयात प्रतिस्थापनमा जोड दिएका छौं, उनले भने, ‘जे वस्तुहरू बाहिरबाट ल्याउनुपरेको छ, ती वस्तु हामी उत्पादन गछौं।’ अहिले घरायसी तारको अवैध आयातले समस्या भइरहेको उनले बताए।

घरायसी तारसहितका केवलमा एकाघिकार जमाउँदै आएको कम्पनीले सन् २०१० मा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको थियो। सन् २०१५ मा इण्डियन गुणस्तर सर्टिफिकेट समेत प्राप्त गरेको उपाध्यक्ष मिश्रले जानकारी दिए। 

एक वर्षअघि मात्रै लुम्बिनी विद्युतलाई लिटमस कम्पनीमा रुपान्तरण गरिएको थियो। कम्पनीमा रुपान्तरणसँगै उद्योगका उपकरणदेखि व्यवस्थापनसम्म परिवर्तन गरिएको छ। लिटमससँग अहिले बजारको माग अनुरुपको तार उत्पादन गर्न सक्ने क्षमता रहे पनि खपत अनुसार मात्रै उत्पादन गरिरहेको छ। मासिक २५ हजार प्याकेट घरासयी तार उत्पादन भइरहेको उपाध्यक्ष मिश्राले बताए। 

लिटमसले मुलुकका ३ हजार साना पसल र १३० वटा डिष्टिब्युटर्स मार्फत आक्रामक रुपमा बजारीकरण गरेको बनाएको छ।

लिटमसले नेपाल विद्युत प्राधिकरणसहितका ठूला कम्पनीहरूलाई ग्राहक बनाएको छ। हाल निर्माण भइरहेका ठूला प्रशारण लाइनमा यही कम्पनीमा तार प्रयोग भइरहेका छन्। दुई वर्षअघि कम्पनीले विद्युत प्राधिकरणलाई ५ करोड अमेरिकी डलरभन्दा बढीको एबीसी केवल आपूर्ति गर्ने ठेक्का पाएको थियो। बंगलादेशमा समेत कम्पनीले तार बेच्दै आइरहेको छ।

कम्पनीले उत्पादन गरेको ओभरहेड कन्डक्टर ११ देखि ४०० केभीए भोल्टेजको प्रशारण लाइनमा प्रयोग हुन्छन्। घरायसी प्रयोगका सम्पूर्ण तारहरू लिटमसले बजार पठाउँदै आएको छ। ट्रान्सफर्मरमा प्रयोग हुने इनामेल तार समेत यसको उत्पादन हो। लिटमससँग एसीसीएसआर कन्डक्टरको वार्षिक उत्पादन क्षमता ६७ हजार ७५० किलोमिटर छ। 

कम्पनीका अनुसार एबीसी वार्षिक २९ हजार ७०० किमी, एक्सएलपीई कभर्ड कन्डक्टर्स १९ हजार ९०० किमी, पावर केबल्स ४५ हजार ३२० किमी उत्पादन क्षमता रहेको छ। यस्तै हाउस वायरिङ केबलको उत्पादन क्षमता वार्षिक २५ लाख ३९ हजार ५७० कोइल छ। स्ट्रिप्सको वार्षिक उत्पादन क्षमता १३ हजार ६ सय टन रहेको कम्पनीले जनाएको छ।

लगानी विस्तारसँगै लिटमसले उच्च भोल्टेजका तार उत्पादनसँगै एमसिबी, चिम, पंखा, इन्डक्सन चुल्हो उत्पादन गर्ने लक्ष्य राखेको छ। यो योजना पूरा हुदा लगानी ४ अर्ब पुग्ने मिश्राले जानकारी दिए।

पुरानो कम्पनीलाई आधुनिक बनाएको लिटमसले आम नागरिकलाई सेयरधनी बनाउने योजना बनाएको छ। पब्लिक कम्पनी बनाइएपछि अव आईपीओ निष्काशनको तयारीमा रहेको उपाध्यक्ष मिश्रले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.