मुख्यमन्त्री कप यु–१६ क्रिकेट छनौट प्रतियोगितामा डडेल्धुरा विजयी

मुख्यमन्त्री कप यु–१६ क्रिकेट छनौट प्रतियोगितामा डडेल्धुरा विजयी

अछाम : १६ वर्षमुनिको मुख्यमन्त्री कप सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ। 

बिहीबार अछामको साँफेबगरको बडासैन खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा अछामलाई हराउँदै डडेल्धुराले उपाधि जितेको हो। पहिले टस जितेर डडेल्धुराले फिल्डिङ रोजेपछि अछामले ब्याटिङ गरेको थियो। 

युवराज खत्रीको कप्तानीमा रहेको अछामले निर्धारित २५ ओभरमा ११७ रन बनायो। अछामले दिएको ११७ रनको लक्ष्य डडेल्धुराले २३ ओभरमै पूरा गरेको थियो। सचिन मल्लको कप्तानीमा रहेको डडेल्धुराले २३ ओभरमा ११८ रन बनाएको थियो। 

खेलमा डडेल्धुराका सचिन साउद प्लेयर अफ दि म्याच बनेका छन्। त्यसैगरी बेष्ट बलर अछामका कप्तान युवराज खत्री,वेस्ट ब्याड्स म्यान र प्लेयर अप  दि टुर्नामेन्ट डडेल्धुराका राजेश ऐर भएका छन्। 

समूह ‘ए’ मा कैलाली, बैतडी,डडेल्धुरा र दार्चुला रहेका थिए। समूह ‘बी’ मा कञ्चनपुर, अछाम, डोटी र बझाङ रहेका थिए। 

प्रतियोगितामा बाजुरा बाहेक ८ जिल्लाको सहभागिता रहेको थियो। विगतमा सुदूरपश्चिम स्तरीय छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुँदै आएकोमा यो वर्ष पहिलो पटक पहाडी जिल्लामा छनोट प्रतियोगिता भएको हो। 

प्रतियोगिताबाट खेलाडी छनोट गरी सुदूरपश्चिम प्रदेशको १६ वर्षमुनिको टिम बन्नेछ। १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता यहि वैशाख १० गतेदेखि धनगढीमा सुरु हुँदैछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.