लम्पी ३० जिल्लामा फैलियो, नियन्त्रण गर्न भ्याक्सिन ल्याइने

लम्पी ३० जिल्लामा फैलियो, नियन्त्रण गर्न भ्याक्सिन ल्याइने
सुन्नुहोस्

विगत ४ वर्षदेखि देखिएको यो रोग सुरुवाती चरणमा धेरै फैलिए पनि बीचमा घटेको थियो। तर, अहिले आएर फेरि बढ्न थालेकाले यसको नियन्त्रण गर्न लागिएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए।

काठमाडौं : स्किन रोग नेपालका ३० भन्दा बढी जिल्लामा फैलिएका छन्। पशु सेवा विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा मुलुकभर करिब ११ हजार ६५ गाई–भैंसीमा संक्रमण भएको छ। तर, सबै जिल्ला र पालिकाबाट प्रतिवेदन प्राप्त नभएकाले प्रभावित संख्या यकिन साथ भन्न सक्ने अवस्था नरहेको विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले बताए। उनका अनुसार सुरुको अवस्थामा रोगको पहिचानको लागि नमुना प्रयोगशालाहरूमा ल्याइन्थ्यो। 

पछिल्लो समयमा यस रोग सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहका पशु सेवासँग आबद्ध निकायबाट जनचेतनामूलक सामग्री र सूचना प्रसारण भए। त्यसपछि कृषकहरूले सजिलै यो रोग पहिचान गर्न सकेकाले गर्दा पनि प्रयोगशालाहरूमा नमुना परीक्षण गर्न नआएको हुन सक्ने अनुमान गर्न सकिन्छ। 

पशु सेवा विभागका उपमहानिर्देशक तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वरुणकुमार शर्मा भने हाल मुलुकभर मधेस प्रदेशबाहेकका अन्य प्रदेशका करिब ३० वटा जिल्लाका पशुहरूलाई यो रोग बढी देखिएको बताउँछन्। अहिले गुल्मी, इलामलगायतका जिल्लामा बढी समस्या भएको सुनिएको उनले बताए। उनकाअनुसार करिब १ सयवटा गाईवस्तु यो रोगबाट संक्रमित हुँदा २ वटा जति मर्ने गरेको देखिन्छ। 


 

यो पनि पढ्नुहोस

उनकाअनुसार सरकारले सन् २०१९ मा यस्तो रोग लागेका गाईवस्तुको पीसीआर गरेर रोग पत्ता लगाएको थियो। ‘यो सुरुमा अफ्रिकन मुलुकमा देखिएको संक्रामक रोग हो। पशुको शरीरमा फोका आउने, गाँठागुठी आउने, शरीरभरि धेरै घाउ हुने भएकाले दुख्ने र दूध उत्पादन नै घट्ने समस्या हुन्छ। यो रोग लागे पनि जनावरहरू कमै मर्छन्। छिमेकी मुलुक भारतमा यस्तो रोगबाट संक्रमित जनावरहरू केही मरेको सुनिएको छ,’ ढकालले भने। 

वार्षिक कति पशु संक्रमित ? 

नेपालमा २०७७ साउन १२ गते लम्पी स्किन रोग पुष्टि भएको थियो। त्यस समयमा कुल ८ वटा जिल्लाको ११ वटा पालिकामा यो रोग देखियो। त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा ९ वटा जिल्लाको १९ वटा पालिकामा यो रोग फैलिएको पुष्टि भयो।

आर्थिक वर्ष २०७७/७८ मा रोगका संक्रमण देखा परेका जिल्लाहरूमा कुल १ हजार ४ सय ५८ गाई र ५ वटा भैंसीमा यो रोग देखिएको तथ्यांक छ। २०७८/७९ मा कुल १ हजार ८ सय ३१ गाई र ७ वटा भैंसीमा संक्रमण देखिए तापनि कुनै पनि मृत्यु नभएको रिपोर्ट प्राप्त भएको थियो। यसरी लम्पी स्किन रोगबाट कुल ३ हजार २ सय ८९ गाई र १२ वटा भैंसीमा संक्रमण भएको रिपोर्ट प्राप्त भएको थियो। 

भ्याक्सिन ल्याउने तयारी

सरकारले रोग नियन्त्रणका लागि भ्याक्सिनको प्रयोग गर्ने योजना बनाइएको छ। यो रोग लाग्न नदिन साउथ अफ्रिकामा प्रयोग हुने भ्याक्सिन ‘नेथलिङ स्प्रेइन’ र भारतमा प्रयोग हुने क्याप्रिप्रक्स स्प्रेइन भ्याक्सिन छन्। 

नेपालका पशुहरूमा पनि भारतमा प्रयोग हुने भ्याक्सिन मिल्दोजुल्दो भएकाले यसैलाई अबलम्बन गर्ने योजनामा रहेको सूचना अधिकारी डा. ढकालले बताए। ‘भारतको भ्याक्सिन सस्तो पनि छ र केही प्रभावकारी भएको पनि पुष्टि भएको छ। नेपालमा भ्याक्सिन अहिले प्रयोग गरेको छैन। ल्याउन प्रयास गरिरहेका छौं। तर, ल्याइसकेका छैनौं। यो भ्याक्सिन रोग लागेको पशुलाई लगाउनु हुँदैन। स्वस्थ पशुलाई भावी दिनमा रोग नलागोस् भनेर लगाइने हो,’ उनले भने, ‘अहिलेसम्म रोग नियन्त्रणका लागि अन्य उपाय मात्रै अपनाइएको छ। रोग लागेकाबारे अध्ययन गर्ने, लागेको पुष्टि भए जैविक सुरक्षा अपनाउने, पशुहरूको ओसारपसार कम गर्ने र उपचारका लागि गाईडलाइन तयार गरेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.