नेकपाको ७५ औँ स्थापना दिवस मनाउँदै एमाले, ओलीले सम्बोधन गर्ने

नेकपाको ७५ औँ स्थापना दिवस मनाउँदै एमाले, ओलीले सम्बोधन गर्ने
सुन्नुहोस्

२२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो।

काठमाडौं : नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। पार्टी केन्द्रीय कार्यालय भ्यासलमा आज दिउँसो १ बजे हुने विशेष कार्यक्रमलाई अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए।

२२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो। राणाकालमा नेपालमा पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरेका थिए। पुष्पलाल पार्टीका महासचिव बनेका थिए।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो। मोतीदेवी भौतिक रुपमा उपस्थित थिएनन्।

कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो। चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो।

यसैबीच नेकपा एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपाने आफ्नो टिमसहित एमालेमै फर्किने भएका छन्। नेकपा एस त्यागेका न्यौपाने नेकपा स्थापना दिवसको अवसरमा एमालेले राखेको कार्यक्रममै एमालेमा फर्किन लागेका हुन्। उनीसहित अन्य जिल्लाका नेताहरुसमेत एमालेमा फर्किँदै छन्। 

यता, २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले करिब दुई तिहाइ बहुमत सिट जित्न सफल भए। त्यसपश्चात दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। तर सर्वोच्च अदालतले पार्टीको नाम जुधेको भन्दै एकता भंग गरिदिएपछि यी दुई दल पुरानै अस्तित्वमा फर्किएका हुन्।

त्यसपश्चात गत वर्ष एमालेमा बस्न नसकेर एउटा समूह बाहिरिएको थियो। माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी एकीकृत समाजवादी गठन भएपनि गत निर्वाचनमा एस पार्टी राष्ट्रिय पार्टीसमेत बन्न सकेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.