सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जितनारायण श्रेष्ठले ७४५७ मत ल्याएर दोस्रो स्थानमा छन्।
काठमाडौं : चितवन-२ मा शानदार मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछानेले ४० हजार ६९ मतसहित अग्रस्थानमा छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५६ हजार ५०० मत गणना हुँदा ३२ हजार ६१२ मतसहित लामिछाने अगाडि रहेका छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जितनारायण श्रेष्ठले ७४५७ मत ल्याएर दोस्रो स्थानमा छन्। एमालेका रामप्रसाद न्यौपाने ७२६८ मतसहित तेस्रो स्थानमा छन्।