दुई वटा विधेयकको मस्यौदा तयारीका लागि स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय

दुई वटा विधेयकको मस्यौदा तयारीका लागि स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ। 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालीसँगै नेवारी (नेपाल भाषा) र तामाङ भाषालाई प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ सोसम्बन्धी विधेयक तयारीका लागि स्वीकृति दिएको हो। 

बहुसंख्यक तामाङ र नेवारी समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भन्ने उद्देश्यले सो विधेयक तयारीका लागि स्वीकृति दिइएको मुख्यमन्त्री जम्कट्टेलले बताए। 

त्यस्तै बैठकले युवा बैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ। प्रदेशका युवाहरुलाई विज्ञान प्रविधिसँग जोड्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको सो विधेयक तयारीको लागि आज मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको हो। 

आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिँउदे अधिवेशन अन्त्य गर्ने निर्णयसमेत गरेको बागमती सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.