कांग्रेसको पराजयपछि महामन्त्री थापाले भने- कठोर निर्णय लिन अब तयार हुनैपर्छ

कांग्रेसको पराजयपछि महामन्त्री थापाले भने- कठोर निर्णय लिन अब तयार हुनैपर्छ
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको बताएका छन्। उपनिर्वाचनमा कांग्रेस पराजय भएपछि उनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै पार्टीभित्र निर्मम समीक्षा हुनुपर्ने बताए। 

उनले अहिले नेपाली कांग्रेसको सबै तहमा यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी भएको बताए। 

'पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यतापूर्वक सबैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं,' उनले भनेका छन्।

उनले लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि प्रयत्न गर्दै आए पनि आम चाहनाअनुरुप अपेक्षित परिणाम नआएको स्वीकारेका छन्। 

'आम जनता र पार्टीका साथीहरूको गुनासो, सुझाव र खवबरदारीले मलाई सदाझैँ ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ। आम अपेक्षाअनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिनँ कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु,' उनले भनेका छन्, 'यही क्रममा पार्टीका साथीहरू, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा सम्बाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रमसहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं। र, त्यो रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु।'

राजनीतिप्रतिको चासो र चिन्ताले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस  रूपान्तरणको अभियानलाई थप मद्दत पुग्ने भन्दै उनले भनेका छन्, 'हामीलाई अलमलिने न छुट छ, न समय नै।' 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.