कतारविरुद्ध नेपालको खराब सुरुआत
काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा बिहीबार कतारविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले खराब सुरुआत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टिम क्रिजमा उत्रिएको थियो। दोस्रो ओभरमा ओपनर कुशल भुर्तेललाई दुई रनमा गुमाएको नेपालले अर्को विकेट पनि गुमाएको छ।
वान् डाउनमा क्रिजमा उत्रिएका भीम सार्की ६ रन जोडेर पभिलियन फर्किएका छन्।
अहिले क्रिजमा रहेका आसिफ शेख ९ तथा कप्तान रोहित पौडेल १४ रन बनाएर खेलिरहेका छन्।
कतारका लागि गयान मुनाविराले दुवै विकेट लिएका थिए। आठ ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर ३२ रन बनाएर खेलिरहेको छ।
नेपाल सुरुआती चारमध्ये तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ। आजको खेलमा विजयी भए नेपाल समूह विजेता पनि बन्ने छ। सेमिफाइनलमा समूह एको विजेताले समूह बीको उपविजेता सँग खेल्ने छ।
प्रतिक्रिया दिनुहोस !