भन्सार छलेर ल्याइएको कपडा बरामद

भन्सार छलेर ल्याइएको कपडा बरामद
सुन्नुहोस्

धरान : भन्सार छलेर नेपाल ल्याइएको लाखौं रुपैयाँ बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। 

गएराति सशस्त्र प्रहरीले सीमा नाकामा गस्ती टोली परिचालन गरी विभिन्न स्थानबाट १२ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको हो। 

सुनसरीको हरिनगरा गाउँपालिकाको मरियाखोला क्षेत्रबाट भन्सार छलेर ल्याइएको चारवटा मोटरसाइकलसहित १० लाख ७८ हजार ३ सय २ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लाकेशकुमार सम्बाहाम्फेले बताए। 

हरिनगराकै धरमपुर इलाकाबाट एक लाख ७९ हजार ६ सय रुपैयाँ बराबरको ४ सय ४९ केजी सिद्रा माछा बरामद गरिएको उनले जानकारी दिए। 

बर्जु गाउपालिकाको भीमपुर क्षेत्रबाट पनि २० हजार ९ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको छ। 

बरामद गरिएको अवैध सामान र मोटरसाइकल भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको गणका सूचना अधिकारी आप्रनाउ प्रेमप्रसाद सिग्देलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.