पानीमा क्लोरिन मिसाउन मेसिन जडान
सिमकोट : हुम्लाको सिमिकोट गाउँपालिकाले 'सिमकोट खानेपानी आयोजना' मार्फत वितरण भएका सबै धारामा क्लोरिन मिसाउने मेसिन जडान गरेको छ।
खानेपानीमा क्लोरिनको कमी भएपछि गाउँपालिकाले मेसिन जडान गरेको हो। सिमकोट बजारमा वितरण गरिएका ३ हजार २ सय बढी घरधुरीमा वितरण गरिएको धारमा क्लोरिन मिसाउन मेसिन जडान गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकायाले बताइन्।
हुमाने खोलाको मुहानबाट ल्याइएको खानेपानीमा विभिन्न किटाणु भएको प्राविधिक प्रतिवेदनका आधारमा क्लोरिनेसन मेसिन जडान गरिएको उनको भनाइ छ।