स्वास्थ्य शिविरमा सात सय बढीले सेवा लिए

स्वास्थ्य शिविरमा सात सय बढीले सेवा लिए
सुन्नुहोस्

उदयपुर : उदयपुरको जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सात सय बढी बिरामीले सेवा लिएका छन्।

बिएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल झापाको प्राविधिक सहयोग तथा त्रियुगा नगरपालिका, जिल्ला अस्पताल र दाजुभाई समूह दोहा कतारको सहकार्यमा त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आयोजना गरेको शिविरमा सात सय ५० जना बिरामीले सेवा लिएका हुन्। 

शिविरमा क्यान्सर, महिला तथा स्त्रीरोग, भिडियो एक्सरे, ल्याव, इसिजी, नाक, कान, घाँटी, मुटु, फिजिसियन, न्युरो, हाडजोर्नी, छाला, दाँत सम्बन्धी समस्याको विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रदान गरिएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले जानाकारी दिए। 

शिविरमा पाठेघर, आँखा, नाक, कान, घाँटी, पाठेघर, मुटुका बिरामी देखापरेकाले  अप्रेशन गर्न चिकित्सकले सुझाव दिएको उनले बताए। शिविरमा आएका बिरामीको अप्रेशन तथा अन्य औषधि उपचारका लागि अस्पतालले २० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालका मार्केटिङ मेनेजर खोम घिमिरेले जानकारी दिए। 

उनले भने, ‘बिरामीलाई उपचारका लागि भनेका छौं अवसर लिने नलिने उहाँहरूको हातमा छ।’ उपचारमा आएका केही बिरामीको प्रारम्भिक अवस्था हेर्दा नै जटिल देखिएकाले थप उपचारका लागि सल्लाह दिएको न्युरोसर्जन डाक्टर दिनेशकुमार थापाले बताए। 

जिल्लामा आयोजना गरिएको शिविर विशेषज्ञसहितको प्राविधिक जनशक्ति र सेवाग्राहीको हिसाबले यो नै सबैभन्दा ठूलो हो। 

डाक्टर थापाको नेतृत्वमा आएको उक्त टिममा एक जना विदेशी चिकित्सकसहित ९ जना विशेषज्ञ गरी २१ जनाको प्राविधिक टिम रहेको संघका महासचिव दिनेश श्रेष्ठले बताए। 

शिविरका बिरामीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराएको प्रथम उपाध्यक्ष नविन बस्नेतले बताए। जिल्लाका आठ वटै स्थानीय तहलाई लक्षित गरी शिविरको आयोजना गरिएको उनले बताए। बस्नेतले आगामी दिनमा पनि सहकार्य गरेर यस्ता शिविरहरू सञ्चालन गरिने बताए। 

शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विकले आर्थिक अभावका कारण औषधि उपचार नगरी रोग लुकाएर बसेकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन यस्ता शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 

त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले संविधानले व्यवस्था गरेको निःशुल्क स्वास्थ्य सेवालाई शिविरले सहयोग पुर्याएको बताए। उनले त्रियुगा नगरपालिकाको हाताभित्र रहेको जिल्ला अस्पताल अब्बल बन्दै गएकाले निर्धक्क भएर विशेषज्ञ सेवा लिन आग्रह गरे।  

उनले निकट भविष्यमा नै किड्नीका बिरामीको उपचार हुने गरी सेवा प्रवाहको तयारी गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.