सल्लेरीका खोल्साखोल्सीमा फोहोरको डंगुर

सल्लेरीका खोल्साखोल्सीमा फोहोरको डंगुर
सुन्नुहोस्

सल्लेरी बजार हुँदै बग्ने आधा दर्जन बढी खोल्साहरुमा जताततै प्लाष्टिकजन्य, कागजदेखि बच्चाको डाइपर तथा टिनको टुक्रा जस्ता फोहोर थुप्रिएका छन्। जसका कारण दुर्गन्ध फैलिएको सर्वसाधरणको गुनासो छ।

सोलुखुम्बु : सोलुखुम्बु सदरमुकाम सल्लेरी आसपासको खोल्साखोल्सी फोहोरको थुप्रोले भरिएका छन्। पछिल्लो समय सोलुदुधकुण्ड नगरपालिका ४, ५ लगायतका क्षेत्रका खोल्साखोल्सीहरु विभिन्न फोहोरका थुप्रोले भरिएका हुन्। 

सल्लेरी बजार हुँदै बग्ने आधा दर्जन बढी खोल्साहरुमा जताततै प्लाष्टिकजन्य, कागजदेखि बच्चाको डाइपर तथा टिनको टुक्रा जस्ता फोहोर थुप्रिएका छन्। जसका कारण दुर्गन्ध फैलिएको सर्वसाधरणको गुनासो छ।

बजार क्षेत्रकै खोल्साखोल्सी स्वच्छ हुन नसक्दा वर्षातको समयमा रोग फैलिने सम्भावना बढेको बसन्त बजारकी बुद्धलक्ष्मी तामाङले बताइन्। घर तथा कारखानाहरुमा उत्सर्जन भएका फोहोरहरु जथाभावी खोला तथा खोल्साहरुमा फाल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन्। 

nullजसका कारण सल्लेरी क्षेत्रका खोल्साहरुमा फोहोरको थुप्रो बढ्दै गएको सर्वसाधरणको भनाइ छ। साथै सल्लेरी क्षेत्रको अधिकांश घरहरुबाट निस्किएको चर्पीको ढल समेत खोल्साखोल्सीमा मिसाउँदा दुर्गन्ध बढेको सल्लेरी बस्दै आएकी सरिता लामिछानेले बताइन्। 

बजारमा नयाँ घरहरु निर्माण हुने क्रम बढ्दै जाँदा ति घरहरुको अधिकांश चर्पीको ढलहरु खोल्सामा आश्रित रहेको सल्लेरीकी पशी शेर्पाको भनाई छ। केहि समययता बजार क्षेत्रहरुमा समेत चक्लेट, विस्कुट, चाउचाउ जस्ता जंकफुडको खोलहरु फाल्ने क्रम बढेको सल्लेरीका ल्हाक्पा शेर्पाले बताए। 

nullफोहोर संकलनका लागि नगरपालिकाले सवारी कै व्यवस्था गरेको भएपनि स्थानीय तथा सर्वसाधरणले जथाभावी फोहोर फाल्दा समस्या भएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले बताइन्। 

सचेतनाको अभावमा भन्दा सचेत नागरिकहरुबाटै लापरबाही तवरले फोहोर फाल्दा समस्या भएको भन्दै उनको भनाइ छ। फोहोर व्यवस्थापनका लागि नगरपालिका निर्मम ढंगले अघि बढ्ने नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.