सोमबार स्थगित खेल आज हुने

सोमबार स्थगित खेल आज हुने
सुन्नुहोस्

काठमाडौं : एसीसी प्रिमियर कपअन्तर्गत सोमबार भारी वर्षाका कारण स्थगित भएको घरेलु टोली नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको बाँकी रहेको फाइनल खेल मंगलबार हुने भएको छ। सोमबार वर्षाले बिथोलेको खेल मंगलबार ‘रिजर्भ डे’मा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। मंगलबार सोमबारकै स्थितिबाट खेल सुरु हुनेछ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाउँदै एक सय ६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो। यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए। यस्तै आर्यन लाक्राले १३, कप्तान मोहमद वासिमले ११ र बसिल हमिदले १० रन बनाए। नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिए। यस्तै करण केसी र सन्दीप लामिछानेले दुई÷दुई तथा गुलशन झा र सोमपाल कामीले एक÷एक विकेट हात पारे।

मंगलबार यूएईले १०६–९ को स्थितिबाट खेल सुरु गर्नेछ। मंगलबार पनि वर्षाको सम्भावना रहेकाले नतिजा नआएमा खेल सुपर ओभरमा धकेलिने छ। सुपर ओभर पनि वर्षाले बिथोलेमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नेछ। सुपर ओभर नभएमा एकदिवसीय वरीयताको आधारमा नेपाल एसिया कपमा छनोट हुनेछ। एकदिवसीय वरीयातामा नेपाल १४ र यूएई १९औं स्थानमा छन्।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्न पाउनेछ। एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र एसीसी प्रिमियर कप विजेता समूह ‘ए’मा छन्। यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। एसिया कप आगामी सेप्टेम्बरमा हुँदैछ। 

कुवेतसँगको सेमिफाइनल खेल पनि वर्षाले बिथोलेपछि समूह चरणमा गरेको प्रदर्शनका आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो। यूएईले भने बलियो टोली  ओमानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा दुई रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो। 

एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा जारी प्रतियोगितामा १० राष्ट्रको सहभागिता छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’ मा आयोजक नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान थिए। यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.