'सूचना प्रविधिको विकास र प्रयोगले नागरिकको जीवनस्तरमा व्यापक सुधार '

'सूचना प्रविधिको विकास र प्रयोगले नागरिकको जीवनस्तरमा व्यापक सुधार '
सदरमुकाम गाईघाटमा निकालिएको प्रभातफेरी । तस्बिर : भरत खड्का

उदयपुर : सूचना प्रविधिको विकास र प्रयोगले नागरिकको जीवनस्तरमा व्यापक सुधार आएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) उदयपुर शाखाले मंगलबार सदरमुकाम गाईघाटमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । 

उनीहरूले प्रविधिको विकासले दैनिक जीवयापन, सम्बन्ध विस्तार, रोजगारलगायतका क्षेत्रमा गुणात्मक परिवर्तन आइरहेको बताएका छन् । प्रविधिकैकारण राज्यका निकायहरूले प्रदान गर्ने सेवासुविधामा नागरिकको पहुँच वृद्धिहुँदै गएको र सुशासनका क्षेत्रमासमेत यसले सघाउ पुर्‍याएको उनीहरूको भनाइ  छ।

विश्वमा सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्रगतिमा अघि बढिरहँदा नेपालले उल्लेखिय प्रगति हाँसिल नगरे पनि पछ्याइरहेको उनीहरूले बताए । सहभागीहरूले सूचना प्रविधि मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमकोरूपमा विकास भएको बताए । 

प्रविधिको विकासले नै हरेक नागरिक आफ्नो घरबाटै धेरैजसो कामहरु गर्न सफल भएको भन्दै उनीहरुले नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा,अनलाइनमार्फत् घरैबाटै पाउनसक्ने भएको बताएका छन् । यसका साथै उत्तिकै जोखिम बढेको पनि उनीहरूले बताए।

सहभागीहरुले प्रविधिमा खेल्दै जाँदा कतिपय अवस्थामा त्यसको गलत प्रयोग हुने गरेकाले सचेतनातर्फ पनि राज्यले उत्तिकै ध्यान दिनुपर्ने बताए । क्यानका अध्यक्ष राजन आचार्यले भने,‘धेरै नागरिक अहिले प्रविधिमै विश्वास गर्छन् र त्यसको पहुँचमा हुनेगरी आफ्ना गतिविधि बढाउनु गरेका छन्,यसले समाज रुपान्तरणको पाटोमा अग्रसर भएको देखिन्छ भने अर्कोतर्फ केहि चुनौतीसमेत थपिएको छ ।'

‘प्रत्येक नागरिकको हात–हातमा मोबाइल, ल्यापटप, कम्प्युटरर जस्ता महत्वपूर्ण सामग्री छन्,'उनले भने,‘त्यसले प्रविधिको विकास नै भएको देखाउँछ त्यो सँगै जोखिमको पाटोमा राज्यको ध्यान कम देखिएकाले बेलामौकामा ह्वाक हुने,नचल्ने जस्ता समस्याका अल्झन देखा परेका छन् ।'

सचिव पेशलकुमार राईले सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु्पर्ने बताए । पछिल्लो समय सरकारी सर्भर,फेसबुक पेजहरूमा समस्या देखिँदा प्रविधि सुरक्षामा चुनौती थपिएकाले राज्यले त्यसतर्फ ध्यान दिनु पर्ने बताए । 

सुरक्षित सूचना,प्रविधि,सुशासन र समृद्धि भन्ने मुलनाराका साथ जिल्लास्थित सरकारी तथा निजी विद्यालय,क्याम्पसका छात्रछात्रा सहभागी उक्त कार्यक्रम लोकतान्त्रिक चौकबाट प्रभातफेरी सुरु भइ पुनः सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.