झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
सुन्नुहोस्

झापा : झापाको मेचीनगरमा आज एकैदिन दुईवटा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

प्रहरीका अनुसार बिहीबार राति ८:३५ बजेको समयमा पूर्व पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१२ स्थित देउनियाँ पुलमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ११ प १६०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना परेको थियो। 

दुर्घटनामा परी मोटरसाइकल चालकको नाम थर वतन नखुलेको अन्दाजी ४० वर्षका पुरुषलाई उपचारको लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ। 

त्यस्तै मेचीनगरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिँदा पाँच जना घाइते भएको छ। बिहीबार दिउँसो साढे ३ बजेको समयमा मेचीनगर नगरपालिका–३ बडाखाल टोलस्थित भित्री सडक खण्डमा इँटा भट्टाबाट बौद्ध मोडतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५८४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग २३ प २३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो। 

दुर्घटनामा परी प्रदेश नम्बर १–०१–०१४ प ५८४९ नम्बरको मोटरसाइकल चालक मेचीनगर–७ का २८ वर्षीय तीर्थ दाहालको दाहिने खुट्टा भाँच्चिएको, सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय रुपेश गिरीको दाहिने खुट्टा र ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार ३४ वर्षीय मदनकुमार अधिकारीको दुवै हात र खुट्टामा चोट लागेको छ।

त्यस्तै ग २३ प २३९८ नम्बरको मोटरसाइकल चालक सप्तरी बोदेबर्साईन नगरपालिका–८ का २१ वर्षीय मुकेश यादवको टाउको र नाकमा चोट लागेको र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय ओमप्रकाश यादवको दाँत भाँचिएको प्रहरीले जनाएको छ।

घाइतेहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र दुवै मोटरसाइकल अस्थायी प्रहरी पोस्ट भृकुटीको नियन्त्रणमा रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.