मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न कानुन निर्माण गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई समाधानका लागि आवश्यक कानुन निर्माण गर्ने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याजीसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानून निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मिटरब्याजीसँग सम्बन्धी समस्या छिटोभन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न लागिएको उनले बताए।
प्रवक्ता शर्माले बुधबार पनि मन्त्रिपरिषद बैठक बस्ने र अन्य निर्णय हुने जानकारी दिए।