सोलु–काठमाडौं जीप भाडा २० प्रतिशतले घट्यो

सोलु–काठमाडौं जीप भाडा २० प्रतिशतले घट्यो
फाइल तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु : पर्यटकीय जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि संघीय राजधानी काठमाडौंको जीप भाडादर २० प्रतिशतले घटाइएको छ । जिल्ला प्रशासन कार्यालयले जनप्रतिनिधि र यातयात व्यवसायीसहितको बैठकबाट २ हजार ३ सय ७५ रुपैयाँ रहेको सल्लेरी–काठमाडौं जीप भाडादर २० प्रतिशत घटाउँदै १ हजार ९ सय कायम गरेको हो । 

इन्धनको मुल्य घटेपनि वर्षौअघि तोकिएको सवारी भाडा कायम हुँदा यात्रु मर्कामा परेको भन्दै प्रशासनले भाडा समायोजकन गरेको हो । समायोजित जीप भाडादर अनुसार सल्लेरी–विराटनगर २ हजार १ सय ७० निर्धारण रुपैयाँ निर्धारण गरिएको छ । 

यसअघि सल्लेरी–विराटनगर २ हजार ५ सय रुपैयाँ रहेको थियो । सल्लेरी–धरान २ हजार ४ सय रुपैयाँबाट घटाएर २ हजार १ सय २०,सल्लेरी–कटारी १ हजार ८ सय रुपैयाँबाट घटाएर १ हजार ४ सय ६० रुपैयाँ र सल्लेरी–ओखलढुंगा ७ सय रुपैयाँबाट घटाएर ५ सय रुपैया निर्धारण गरिएको छ ।

बैठकले स्थानीय तहसँगको समन्वयमा जिल्लाभित्र सञ्चालन हुने जीपको भाडा पनि समायोजन गरेको छ । सल्लेरी–छेस्काम १ हजार ८ सय रुपैयाँबाट घटाएर १ हजार ४ सय, सल्लेरी–सोताङको १ हजार ३ सय रुपैयाँबाट घटाएर ९ सय रुपैयाँ कायम गरिएको छ ।

 जिल्ला भित्रका लागि सञ्चालित सवारी भाडाको हकमा सोलुदुधकुण्ड नगरपालिका बाहेक अन्य सबै पालिकाको भाडादर समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । उक्त भाडादर पालिकाले सिफारिस गरेको आधारमा कायम गरिएका हो भने  नगरपालिकाले भाडादर सिफारिस गर्न नसकेको भट्टराईले बताए । 

यद्यपी समायोजन गरिएको नयाँ भाडादर बैशाख २५ गतेबाट मात्रै लागू गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको । इन्धनको मुल्य १० रुपैयाँ सम्म घटबढ भएको खण्डमा समेत उक्त भाडादर नै यथावत रहने निर्णय गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको अध्यक्षतामा बसेको जिल्ला भाडादर निर्धारण समितिको उक्त बैठकमा सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेत,सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङ,थुलुङ दुधकोशी गाउँपालिका ७ का वडाध्यक्ष भोजराज कार्की,यातयात व्यवसायी समिति,जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,सञ्चारकर्मीलगायतको उपस्थिती थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.