सगरमाथाबाट २५० किलो फोहोर नाम्चे झारियो

सगरमाथाबाट २५० किलो फोहोर नाम्चे झारियो
सुन्नुहोस्

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथाबाट २५० किलो फोहोर सोलुखुम्बुको नाम्चे झारिएको छ। 

नेपाली सेनाको हिमाल सफाई अभियान टोलीले संकलन गरेको २५० किलो फोहोर सोमबार नाम्चे झारिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए। 

उनका अनुसार नेपाली सेनाले क्याम्प एक सम्म संकलन गरेको टेन्ट, बोतल, प्लाष्टिक, आल्मोनियम लगायतका फोहोर हेलिकोप्टर मार्फत नाम्चे ल्याएको हो। 

नाम्चेस्थित नेपाली सेनाको क्यारेकमा राखिएको उक्त फोहोर जल्ने र नजल्ने विभाजन गरि जल्ने फोहोर एसपीसीसीको जिम्मा लगाइने र नजल्ने फोहोर हेलिकप्टर मार्फत काठमाडौं लैजाने नेपाली सेनाले जनाएको छ। 

नेपाली सेनाको प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १३ जनाको तालिम प्राप्त टोली  गत चैत्र १७ गतेदेखि सगरमाथा सफाई अभियानमा खटिएका छन्। 

जेठ १४ गतेसम्म जारी रहने सफाई अभियानमा करिब ४ हजार किलो फोहोर सगरमाथा क्षेत्रबाट संकलन गर्ने नेपाली सेनाले लक्ष्य लिएको एसपीसीसीले जनाएको छ। 

सगरमाथासहित ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाईको लागि सेनाको जनशक्ति खटिएका छन्। सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य सञ्चालन हुने ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत २०७९ चैत्र १४ गते प्रधान सेनापति प्रभुराम शर्माबाट फ्ल्याग अफ सेरोमोनी हस्तान्तरण गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट यस वर्ष करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य छ। अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.