पुछारको खुमलटारसँग हार्‍यो लिग लिडर जावलाखेल

पुछारको खुमलटारसँग हार्‍यो लिग लिडर जावलाखेल
सुन्नुहोस्

काठमाडौं : स्टेफन समिरको ह्याट्रिकप्रेरित एफसी खुमलटारले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा लिग लिडर जावलाखेल युथ क्लबलाई २–४ गोलको नतिजामा पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २०औं मिनेटमा समिरले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा खुमलटारकै रोहित सुब्बाले गरेको आत्मघाति गोलसँगै जावलाखेल बराबरीमा फर्किएको थियो।

तर, पहिलो हाफको इन्जुरी समयमा समिरले नै पुनः गोल गर्दै १–२ को अग्रता दिलाएका थिए। समिरले ५१औं मिनेटमा ह्याट्रिक गरेसँगै खुमलटारले अग्रता १–३ मा लम्ब्याएको थियो।

इन्जुरी समयको तेस्रो मिनेटमा विनोद केसीले गरेको गोलसँगै स्कोरलाइन २–३ मा छोट्याएको जावलाखेल सम्हालिन नसक्दा पुनः गोल खायो।

मेसुके ओलोमोउले इन्जुरी मिनेटको पाँचौं मिनेटमा गोल गर्दै खुमलटारका लागि २–४ को जित सुनिश्चित गरे। त्यो गोलसँगै मेसुके जारी लिगका सर्वाधिक गोलकर्ता बनेका छन्। उनले १५ खेलमा १२ गोल गरिसकेका छन्। 

जितसँगै खुमलटार १५ खेलबाट १७ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट २४ अंक जोडेको जावलाखेल शीर्ष स्थानमा छ।

आजै दशरथ रंगशालामा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.