गाँजाको रेसाबाट कपडा

गाँजाको रेसाबाट कपडा
सुन्नुहोस्

दोलखा : घरवरीपरी र बारीमा पाइने गाँजा संकलन गरेर दोलखाका उद्यमीले कपडा बनाउने उद्योग स्थापना गरेका छन्। 

कालिञ्चोक गाउँपालिकाका महादेव स्थानका लघुउद्यम समूहमार्फत उनीहरूले गाँजाबाट रेसा निकालेर कपडा बनाउन लागेका हुन्।

२०७२ सालको भूकम्पपछि घरेलुले तालिम दिएपछि गाँजाबाट पनि कपडा बन्दो रहेछ भन्ने थाहा पाएका उनीहरूले लघुउद्यम समूह बनाइ कपडा बनाउन सुरु गरेका हुन्। 

दोलखा जिल्लाका स्थानीय तह बिगु, झ्याकु, चिलंखा, लापिलाङमा गाँजाको रेसाबाट कपडा उत्पादन गर्ने गरिएको उद्यम समूहका अध्यक्ष मिठू खत्रीले बताइन्। जिल्लामा एक सयभन्दा बढी  तानबाट कपडा बुन्ने गरेको उनले सुनाइन्।

कालिञ्चोक गाउँपालिकाका महिलाले आफ्नो घरायसी काम सकेर बँचेको समयमा आयआर्जनका लागि गाँजाबाट रेसा निकालेर कपडा बनाउने गरेका छन्। गाँजाबाट कपडा उत्पादन गर्दा स्थानीय स्रोत र साधनको सदुपयोग हुनाको साथै महिलाका लागि आयआर्जनको राम्रो माध्यम बनेको स्थानीयको भनाई छ। 

बैधानिक रूपमा कानुनी मान्यता पाएदेखि महिला मात्र नभएर विदेश जान लागेका युवासमेत स्वदेशमा रोजगार बन्न सक्ने महादेव लघुउद्यम समूहका बजार व्यवस्थापक पहल थामीले बताए।

गाँजाबाट कपडा बनाउने काम १६ वर्ष अघिबाट नै सुरु गरिएको भए पनि पछिल्लो समय काठमाडौंमा घरेलुको माध्यमबाट कपडा बनाउने काम तीव्र पारिएको गाँजा संघका अध्यक्ष खड्कसिङ बोगटीले बताए। 

यसका लागि तालिम पनि दिन थालिएको छ। गाँजाको रेसाबाट बनाएको कपडाबाट झोला, जुत्ता चप्पल, जातीय पोसाक बनाउने गरिएको छ । 

महादेव लघुउद्यम समूहमा १४ जनाले धागो उत्पादन गर्ने र ४ जनाले कपडा बुन्ने गर्छन्। उत्पादन भएका कपडा मिटरको १ हजारदेखि १२ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको लघु उद्यम समूहका बजार व्यवस्थापक पहल थामीले बताए। उनले वर्षमा ७ लाख रुपैयाँको कारोबार हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.