सरकारमा सहभागिताबारे छलफल गर्न जसपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिएका छन्।
पार्टीको विधान अधिवेशन,सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको जसपाले जनाएको छ । जसपाले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो । स्थानीय तहका पदाधिकारीदेखि सङ्घीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरी प्रकाशन गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !