सांसद्लाई सभामुखको आग्रह : एकले अर्काविरुद्ध जुहारी नखेल्नुस्

सांसद्लाई सभामुखको आग्रह : एकले अर्काविरुद्ध जुहारी नखेल्नुस्
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सांसद्हरूले संसदीय प्रणालीको अक्षरश पालना गर्न निर्देशन दिएका छन् । संसद्मा भ्रष्टाचार र नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेपछि सभामुख घिमिरेले संसदीय पद्यतिको अवलम्बन गर्न निर्देशन दिएका हुन् ।

संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा बोल्दै गर्दा नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले एमालेले छापामार शैलीमा संसद् कब्जा गर्न खोजेको आरोप लगाएका थिए । उनले टोपबहादुर रायमाझीलाई पक्रनका लागि सहयोग गर्न एमालेलाई आग्रह गरे ।

सो क्रममा एमाले सांसद् आक्रोशीत बनेका थिए । यस्तै सांसद्हरू बोल्न पाउनुपर्ने माग गर्दै रोष्ट्रम अघि उभिएका थिए । लगत्तै सभामुख घिमिरेले एकले अर्काविरुद्ध जुहारी नखेल्न आग्रह गरे । घिमिरेले भने, ‘यसरी संसद्को कार्यसूची अघि जान सक्दैन । माननीय सदस्यज्यूहरू कार्यसूचीमा जाऔं । माननीय सदस्यहरू बसौं । बैठकलाई सञ्चालन गर्न सहयोग गर्नुहोस् । भोलि पनि समय छ । कार्यसूचीअन्तर्गत् अघि बढौं । माननीय सदस्यज्यू बोल्नकै लागि हो यो सभा । तर, प्रणाली पद्यती मानौं । प्रत्येकले एक एक मिनेट बोल्दा पनि निकै समय खर्च हुन्छ । ’

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.