बन्दै बुटिक विमानस्थल

बन्दै बुटिक विमानस्थल
सुन्नुहोस्

नेपालमा त्रिभुवन विमानस्थल एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। बाह्यसँगै नेपालमा सबैभन्दा ठूलो आन्तरिक विमानस्थलको रूपमा पनि सेवा प्रदान गर्दछ। 

विमानस्थलमा अहिले आन्तरिक र बाह्य गरी सरदर साढे ३ सय उडान हुने गरेको छ। यस्तै विमानस्थलले करिब २३ हजार यात्रुलाई दैनिक सेवा दिइरहेको छ। वार्षिक यात्रुको चहलपहल पनि करिब ७५ लाख पुगिसकेको छ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता वार्षिक करिब ३५ लाख छ। 

क्षमताभन्दा बढी नै सेवा दिइरहेको त्रिभुवन विमानस्थल विस्तार आयोजनाका प्रमुख टीपेन्द्र श्रेष्ठ बताउँछन्। सन् २०३० मा अन्तर्राष्ट्रिय टर्मिनलबाट ८६ लाख यात्रुले सेवा लिने प्रक्षेपण गरिएको छ।

उडान संख्या पनि थपिएको र यात्रुको चहलपहल पनि बढेको हुँदा भइरहेको विमानस्थल साँघुरो बन्दै गएको छ। निजगढ बनिनसकेको अवस्था र भैरहवा तथा पोखरा विमानस्थल काठमाडौंको वैकल्पिक हुन नसकिरहेको अवस्थामा यो विमानस्थलको विस्तार गर्न जरुरी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री बताउँछन्।

नेपालमा आगामी २० वर्षमा हवाई यातायातको वार्षिक स्थिर वृद्धि (३–५ प्रतिशतसम्मको) हुने अनुमाने छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थिति काठमाडौं सहरको ज्यादै नजिक रहेकाले यसको सीमा क्षेत्रभन्दा थप विस्तार गर्ने अवस्था छैन। बढ्दो मागलाई विमानस्थलको हालको सीमा क्षेत्रभित्रै उपलब्ध क्षेत्रफलको अरू बढी प्रभावकारी उपयोग गरेर सम्बोधन गर्नुपर्ने देखिन्छ। यस परिस्थितिमा प्राधिकरणले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सन् २०१०–२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेको छ। विमानस्थल विस्तारको लागि नै १ सय ४० रोपनी जग्गा अधिग्रहण गरिएको छ। 

एटीसीईपीको आयोजना क्षेत्रमा ट्याक्सी वेको उत्तरी भागलाई विस्तार गर्ने, विमानस्थलमा बढी विमानहरू राख्न यात्रु चढाउन/ओराल्न र सामान राख्न/झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) विस्तार गर्ने, ह्यांगर थप गर्ने र धावन मार्गको दक्षिणी भागमा तीन सय मिटर धावन मार्ग विस्तार गर्ने रहेका छन्। धावन मार्ग (रनवे) विस्तारको काम भइसकेको छ। 

धावन मार्गको दक्षिणतिरको अन्तिममा ट्याक्सी वे विस्तार गर्ने, जहाज पार्किङस्थल (ह्याङ्गर) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी भागमा स्थानान्तरण गर्ने र आन्तरिक विमानस्थलमा यात्रु चढाउन/ओराल्न र सामान राख्न/झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) निर्माण गर्ने लगायत गुरुयोजनाअन्तर्गत सन् २०२८ को अनुमानित माग धान्ने गरी हवाई उड्डयन सुविधाको थप विकासको योजना गरिएको छ। 

धावनमार्गको उत्तरपश्चिमपट्टि अन्तर्राष्ट्रिय एप्रोन (पार्किङ) विस्तारको काम भइरहेको छ। अहिले माटो भर्ने काम भइरहेको आयोजना प्रमुख श्रेष्ठ बताउँछन्। पार्किङ बनिसकेपछि थप १८ अन्तर्राष्ट्रिय विमान पार्किङ गर्न सकिनेछ। अहिले ११ विमान पार्किङ हुँदै आइरहेको छ। 

चाइना नेसनल एरो टेक्नोलोजी इन्जिनियरिङले २०२० मा यो आयोजनाको ठेक्का पाएको थियो। कोभिडका कारण काम सुरु नभएको एप्रोन विस्तारको काम आगामी दुई वर्षभित्र सकिने श्रेष्ठले जानकारी दिए। यो आयोजना नेपाल सरकार र प्राधिकरणको आन्तरिक स्रोतबाट परिचालन भइरहेको छ। 

आयोजनाको लागत करिब सात अर्ब रुपैयाँ छ। दक्षिणपट्टि प्याराला ट्याक्सी वे विस्तारको काम भइरहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन –आईकाओ)को मापदण्डअनुसार काम भइरहेको छ। गान्सु मेकानाइज्ड चिनियाँ कम्पनीलाई दिइएको ठेक्का २०२६ सम्म सक्नु पर्नेछ। ट्याक्सी वेलाई रनवेको अन्तिमसम्म नै जोड्ने प्रमुख श्रेष्ठ बताउँछन्।  

ह्यांगर एरिया (जहाजहरूको मर्मत गर्ने ठाउँ) विकासको काम पनि भइरहेको छ। धावनमार्गदेखि पूर्वतिर यसको काम भइरहेको छ। केडिएन र सीसीइसीसी जेभी (सहकार्य) चाइनिज कम्पनीले ठेक्का पाएको छ यो आयोजना पनि सन् २०२६ सम्म सक्नुपर्ने छ। 

ट्याक्सी वे र ह्यांगर एरियाको लगानी भने एडीबीको ऋणमा भइरहेको छ। करिब ६५ मिलियन अमेरिकी डलरमा आयोजना निर्माण भइरहेको आयोजनाले जानकारी दिइरहेको छ। 

त्रिभुवन विमानस्थलको हाल भइरहेको प्यारालाल ट्याक्सी, पार्किङ एकदम नै साँघुरो भइसकेको छ। प्यारालाल ट्याक्सी वे नहुनाले सबै जहाज रनवेबाट टेक अफ गर्छन्। यो समयमा अरू जहाज उडान अवतरण गर्न पाउँदैनन्। 

प्यारालाल ट्याक्सी वे हुनेबित्तिकै जहाजहरू यसबाट नै उडानका लागि क्यूमा जान सक्छन्। यो हुनेबित्तिकै रनवेको क्षमता करिब २५ प्रतिशतले बढ्ने प्रमुख श्रेष्ठले भने। बढ्दो हवाई यात्रु धान्नका लागि नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवनको पनि आवश्यकता छ। 
हवाई आवागमनको बढ्दो मात्राको व्यवस्थापन गर्न सबै विस्तार कार्यसँग समानान्तर रूपमा सञ्चालन क्षमतामा पनि सुधार गर्नु जरुरी छ। अन्तर्राष्ट्रिय टर्मिनल भवन बनेपछि अहिलेको आन्तरिक टर्मिनललाई अन्तर्राष्ट्रियमा सारिने श्रेष्ठले जानकारी दिए। 

योसँगै भएको विमानस्थललाई बुटिक एयरपोर्टको रूपमा विकास गर्न पनि सुधार भएको छ। भवनभित्रको सरसफाइ, पेन्टिङ, मर्मतसम्भार, बगैंचा निर्माणलगायतका काम गरी सुधार गरिएको छ। 

क्षमता अभिवृद्धि गरिएका पूर्वाधार र सञ्चालनगत दक्षताले यात्रु तथा विमान कम्पनीहरूलाई प्रदान गर्ने सेवाको स्तर बढाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वित्तीय दिगोपनमा सुधार ल्याउनेछ।

यो पूर्वाधार सुधार कार्यले विमानस्थलको भौतिक क्षमता वृद्धि र हवाई यातायात सुरक्षा प्रवर्द्धन गर्न आईसीएओको गुणस्तर र सञ्चालनका सिफारिसहरू अनुकूल बनाउने दुवै लक्ष्य लिएको बताइएको छ।

विमानस्थलमा यी सुधारपछि यसको यात्रु बहन क्षमता, जहाज पार्किङ क्षमता, जहाज मर्मत सम्भारमा सुधारजस्ता पक्षमा विस्तार हुने देखिन्छ। त्रिभुवन विमानस्थल विस्तारपछि निजगढ तत्काल नबन्दा पनि काम चल्ने भयो भने काठमाडौंको एयर ट्राफिक तथा यात्रुको चापलाई पनि धान्न सक्ने पूर्वमहानिर्देशक क्षेत्री बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.