३० लाख सकियो, रोग सकिएन

३० लाख सकियो, रोग सकिएन
सुन्नुहोस्

भक्तपुर : सुनिता नेपाली २० वर्षकी भइन्। जो १० वर्षको उमेरदेखि बिरामी परिन्। अस्पतालमा गएर जँचाउँदा उनलाई आफूमाथि आकाशै खसेजस्तो महसुस भयो। रिपोर्टमा मिर्गौलामा दाग देखिएकाले उनको ‘मिर्गौला फेल’ भएको जनाइएको थियो। त्यसअघि पनि उनले गाउँमा कैयौं पटक मिर्गौला जँचाएकी थिइन्। तर, त्यतिबेला स्वास्थ्यचौकीमा खास रोग के हो भन्ने पुष्टि नगरी, तिम्रो मिर्गौलामा समस्या छ मात्रै भन्ने गरेको उनले बताइन्।

उपचारको क्रममा परिवारले हालसम्म झन्डै ३० लाख रुपैयाँ खर्च गरेको छ। जसका लागि जग्गाजमिन बिक्री गर्नुपर्‍यो। तर, यति हुँदा पनि निको नभएकाले उनका बाबु चिन्तित छन्। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बिरामीको उपचार भइरहेको छ। सातामा ३–४ पटक डायलासिस गराउनुपर्छ। प्रत्येक पटक करिब ४ घण्टा समय लाग्ने उनले बताइन्। ओखलढुंगा लामेडाँडा मोलुङ गाउँपालिका–२ की सुनिताले निराश हुँदै भनिन्, ‘बुवाआमाको जग्गा र पैसा सबै सकियो। उपचार पनि पूरा भएको छैन, अब के गर्ने होला ?’ 

धेरै खर्च भएपछि उनलाई परिवारले पैसा दिन छाड्यो। त्यसैले गर्दा उनले धेरै दुःख कष्टका साथ विभिन्न काम गरेर पैसा जुटाउन थालिन्। उनले कहिले क्यान्टिनमा त कहिले क्याफेमा काम गरिन्। अहिले पनि कहिलेकाहीँ पैसा जुटाउनकै लागि आफूले डान्स बारमा काम गर्ने गरेको उनले सुनाइन्। ‘धेरै ठाउँमा काम गर्दा गाह्रो भएर केही समयअघि मात्र क्यान्टिन र क्याफेमा काम छाडँे’, उनले भनिन्। 

हुन त सुनिता विवाहित महिला हुन्। अन्तरजातीय विवाहका कारण श्रीमान्को परिवारसँग बस्ने अवस्था नभएको उनले सुनाइन्। उनी घरबाट टाढा आमाबुासँग बस्दै आएकी हुन्। रगतको समूह मिलेको खण्डमा पनि रगतको नाता भएका व्यक्तिले मात्र मिर्गौला दान दिन मिल्ने उनलाई चिकित्सकले बताएका छन्। मिर्गौलाको प्रत्यारोपण गर्न दान दिन चाहने व्यक्तिको पूरै शरिर जाँच्नुपर्छ। यसका लागि मात्र पनि ३ लाख रुपैयाँ खर्च हुने भएकाले त्यो जुटाउन पनि उनको परिवारलाई हम्मे परेको छ। 

डाइलासिस गरुन्जेल ठीक हुने र गर्न छाडेपछि बिरामीको मृत्यु हुने सम्भावना धेरै हुन्छ भन्ने सुनेपछि उनलाई झन् पीडा भएको छ। खुसीका साथ परिवारसँग बिताउँदै आएकी सुनितालाई उपचार नपाएर आफू मर्छु कि भन्ने चिन्ताले सताइरहन्छ। यही पीडाबाट मन भुलाउन उनी टिकटक भिडियो बनाउने, टिकटकमा लाइभ बस्ने जस्ता काम गर्छिन्। ‘टिकटक लाइभमा बसेर साथीहरूसँग कुराकानी गर्दा पनि मन हलुंगो हुन्छ, अरूका पनि कुरा सुन्दा आफूलाई रमाइलो लागेर आउँछ’, उनले भनिन्।  (प्रशिक्षार्थी) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.