ऋणले बनायो बेघर : ब्याज र सावा तिरेपनि धितोमा राखिएको जग्गा बेचियो

ऋणले बनायो बेघर : ब्याज र सावा तिरेपनि धितोमा राखिएको जग्गा बेचियो
सुनसरीको देवानगञ्ज गाउँपालिका १ का गुनानन्द मेहत आफ्ना बुवाका साथै पैसा तिरेको र घितोमा राखेको जग्गाको लालपुर्जा देखाउँदै । तस्बिर : जितेन्द्रनारायण ठाकुर
सुन्नुहोस्

विराटनगर : साथीको छोरालाई विदेश पठाउन साहुबाट लिएको  ऋणले सुनसरी देवानगंज गाउँपालिका एकजना किसान  बेघर बनेका छन् ।   सुनसरीको देवानगंज गाउँपालिका १ का गुनानन्द मेहता बेघर बनेका हुन ।  गाउँकै साथीको छोरालाई विदेश पठाउन मेहताले खुस्बु देवी भगतको नाममा नौ कठ्ठा तीन धुर जग्गा घितोमा राखेर २ लाख ७५ हजार ऋण लिएका थिए  । 

विस २०७१ सालमा मेहताले दुई रुपैयाँ ब्याजदरले भगतसँग लिएको ऋणको सबै सावा र ब्याज गरेर २०७४ सालमा नै चुक्ता गरेपनि साहु भगतले जग्गा फिर्ता नगरि बेचिदिएपछि घरबारविहीन बनेका हुन्।

मेहताले साथी बचालाल यादवका छोरा जीतु यादवलाई ऋण लिएर विदेश पठाउन पैसा दिएका थिए ।  अजय भगतको पत्नी खुस्बु देवी भगतको नाममा धितो वापत पास गरेको जग्गा फिर्ता गर्न ७ लाख  रुपैयाँ बुझाए पनि जग्गा फिर्ता नगरि अर्कोलाई बेचेको पीडित मेहताले बताए  ।

मिटरब्याजी अजय भगतले पैसा बुझाएपछि पटकपटक जग्गा फिर्ता गर्न आग्रह गरे पनि आलटाल गर्दै २०७८ साल माघ ५ गते दुई कित्ता बनाएर अरुलाई जग्गा बेचेको पाइएको हो  ।
 
बेघर बनेका गुनानन्दले ७ लाख भगतलाई बुझाउन घर भएको जग्गा ३ कठ्ठा १४ धूर फरवाड वित्तिय संस्थामा फेरि घितो राखेर ३ लाख बुझाएको बुझिएको छ।

मेहताले  ऋण लिएको ४ वर्ष नपुग्दै ब्याजसहित रकम बुझाएको ४ वर्षपछि धितोमा राखिएको जग्गा बेचेर घरबारविहीन बनाएको पीडा सुनाए । उनका अनुसार देवानगंज गाउँपालिका -१ कै पीडित मेहताको छिमेकी देवनारायण मेहतालाई ४ कठ्ठा र सूर्यनारायण मेहतालाई ३ कठ्ठा ३ धुर जग्गा १० लाख ५० हजारमा बेचेको हो  ।

पीडित मेहताले भने,' ७ लाख बुझाएँ,फेरि १० लाख ५० हजारमा जग्गा बेचेर पनि भगतले राख्यो ।‘ पटकपटक स्थानीय स्तरमा राखिएको छलफलमा निष्कर्ष नआउँदा  गाउँपालिकाको न्यायिक समितिमा समेत उजुरी दिएको उनले बताए  ।

देवानगञ्ज गाउँपालिका -३ का वडा अध्यक्ष अनिल भगतको भाइ मिटरब्याजी भएकाले गाउँपालिकामा कुनै छलफलमा सहभागी भएनन्। पीडितका बुवा बुद्धिलाल मेहताले  मिटरब्याजी अजयका  कारण आफ्नो परिवारको उठिबास भएको आरोप लगाए । 

उनले २०७४  सालमा आफ्नो छोरा गुनानन्दले २ लाख ७५ हजारको ब्याजसावा गरी सात लाख बुझाए पनि जग्गा फिर्ता नगरी भगतले आजभोलि भन्दै जग्गाा बेचर बेखर बनाएको बताए ।
      
अब कुरा पनि गर्दैन पीडितका बुवा बुद्धिले भने,'उल्टै मुद्दा हाल्ने धम्की दिने गरेको छ । उनका अनुसार प्रशासनमा समेत उजुरी दिए पनि छलफलमा नआइ जिल्ला अदालतमा निषेशज्ञा मुद्दाको हालेको बताए । मिटरब्याजी अजय भगतसँग पटकपटक कुरा गर्दा सम्पर्कमा आउन चाहेन । म्यासेज गरे मोबाइल अफ गरेका छन् ।

उता मिटरब्याजी अजय भगतका दाइ देवानगंज गाउँपालिका -३ का वडा अध्यक्ष अनिल भगतसँग सम्पर्क गर्दा पछि फोन गरेर कुरा गर्ने भन्दै बोल्न मानेन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.