बसन्त ऋतुको पहिलो सरगमाथा आरोहण सुरु, ३ नेपालीसहित ६ जना चुचुरोमा

बसन्त ऋतुको पहिलो सरगमाथा आरोहण सुरु, ३ नेपालीसहित ६ जना चुचुरोमा
फाइल तस्बिर।

खुम्बु पासाङल्हमु गाउँपालिका वडा नम्बर ४ पाङबोचे निवासि पासाङदावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ किर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि) का अध्यक्ष लामाकाजी शेर्पाले बताए ।

सोलुखुम्बु : सर्वोच्च शिखर सगरमाथामा बसन्त ऋतुको पहिलो सफल आरोहण गरिएको छ । आज आइतबार बिहान पौने ९ बजे ३ विदेशी र ३ नेपाली गरी ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यो सिजनको आरोहण सुरु भएको हो ।

पहिलो आरोहण गर्नेमा पाकिस्तानी नागरिक माईली तानी, अमेरिकन महिला आरोही जेसिका र हंगेरियाका मटन टि सेर्स रहेका छन् । त्यस्तै पहिलो आरोहणबाटै नेपाली आरोही पासाङदावाले २६ औं पटक सगरमागा चढेर किर्तिमान राखेका छन् । खुम्बु पासाङल्हमु गाउँपालिका वडा नम्बर ४ पाङबोचे निवासि पासाङदावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ किर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि) का अध्यक्ष लामाकाजी शेर्पाले बताए ।

त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बुपासाङल्हमु ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङङिमा शेर्पा रहेका छन् । अहिले आधार शिविरभन्दा माथि सयौंको संख्यामा आरोही चुचुरोतर्फ लागेका छन् । हिजो दिउँसो मात्रै चुचुरोसम्म आईसफल डाक्टरहरुले डोरी टाग्ने काम सम्पन्न गरेका थिए । आरोहणको ७० बर्षे इतिहासमा पहिलो पटक सगरमाथामा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.