सिमावर्ती क्षेत्रमा मिटरब्याजको धन्धा चलाउन श्रीमान्-श्रीमतीकै दोहोरो नागरिकता

सिमावर्ती क्षेत्रमा मिटरब्याजको धन्धा चलाउन श्रीमान्-श्रीमतीकै दोहोरो नागरिकता
सुनसरीको देवानगञ्ज गाउँपालिका ३ मिटरब्याजी अजय भगत र उनका श्रीमती खुश्वु भगतको भारतीय र नेपाली नागरिकताको कागजात । तस्बिर : जितेन्द्रनारायण ठाकुर

विराटनगर : लामो समयदेखि स्थानीयस्तरमा मिटरब्याज चलाउँदै आएका भगत नेपालको दोहोरो नागरिकता रहेको पाइएको छ । सुनसरीको देवानगंज गाउँपालिका ३ बस्ने भगत नेपालले भारतको नागरिकता बनाएर अवैधरुपमा सिमावर्ती क्षेत्रमा मिटरब्याजको धन्धा चलाउँदै आएको पाइएको हो  ।

भगतले विहारको विद्यानसभा निर्वाचन नियमावली ४६ नरपतगंज ५ सोनापुर अररिया जिल्लाबाट सबै कागजात बनाएका छन् । उनले सोही ठेगाना उल्लेख गरेर चालक अनुमतिपत्र समेत बनाएका छन् । सन् २०१३ जुलाई महिनाको ४ तारिकमा डीएल बीआर ३८२०१३००१९१०७ नम्बरको चालक अनुमति पत्र समेत लिएका छन् ।

उनको विहारको मतदाता संख्या २ सय ३१ रहेको भेटिएको छ । सन् २०३० डेसेम्बरसम्मको चालक अनुमति पत्रमा मिति उल्लेख गराएको छ । उनको नेपाली मतदाता संख्या १५२४५७६९ रहेको छ । देवानगंज ३ स्थित रहेको कृष्ण मावि शंकरपुरमा मतदान केन्द्रमा भएको मतदाता नियमावलीमा उल्लेख गरिएको छ । 

उनको पत्नीको समेत दोहोरो नागरिकता रहेको छ । भगतले धितोवापत जग्गा पास गराउँदा पत्नीको नाममा जग्गा पास गराउँदै सावाँ ब्याज बुझाए पनि घितोवापत राखिने जग्गा अरुलाई बेच्ने गरेको पाइएको छ । भारतीय मतदाता नियमावलीमा खुश्वुको मतदाता पसिरचयपत्र २ सय ३३ रहेको छ । बुवाको नाममा श्रीमान अजयको नाम उल्लेख गरेकी छिन् ।

अजयले नेपाल र भारत दुवै देश नागरिकता र मतादातामा बुवाको नाममा रामेश्वर भगत नै उल्लेख गरेका छन् । भारतीय स्कार्पीयो चढ्ने भगतले नेपालमा अनुचित रुपमा मिटरब्याजको धन्धाबाट असुली गरेको रकम भारतमा जम्मा गर्ने गरेको पाइएको छ ।

चारजना दाजु भाइमध्ये एकजना देवानगंज गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष भएका छन् । अनिल भगत वडा अध्यक्षसँगै गाउँपालिका प्रवक्ता भएकाले उनले धितोवापत श्रीमतीको नाममा पास गरेको जग्गा आफू खुशी बेच्ने गरेको स्थानीयले बताएका छन्। स्थानीयले  अनिल पहिलो पटक वडा अध्यक्षमा विजय भएपछि भारत गएर भारतीय नागरिकता रद्द गरिएको बताए । यद्यपी अन्य दाजुभाइ र श्रीमतीको भारतीय नागरिकता यथावत राखिएको छ । 

यसअघि उनीमाथि साथीको छोरालाई विदेश पठाउन साहुबाट लिएको  ऋणले गर्दा एकजना सुनसरी देवानगंज गाउँपालिका एक किसान  बेघर बनाएको भन्दै उजुरी जिल्ला प्रशासनमा परेको छ । स्थानीय आधा दर्जन परिवारलाई भगतले अनुचित ब्याज जोडेर सावसहित ब्याज लिएपनि घितो वापत राखिएको जग्गा बेचिएको आरोप छ ।    

सुनसरीको देवानगंज गाउँपालिका १ का जुगानन्द मेहता गाउँकै साथीको छोरालाई विदेश पठाउन मेहताले खुस्बु देवी भगतको नाममा ९ कठ्ठा ३ धुर जग्गा घितोमा राखेर २ लाख ७५ हजार ऋण लिएका थिए  । 

विस २०७१ सालमा मेहता रु ५ रुपैयाँका व्याजदरले भगतसँग लिएको ऋणको सबै सावा र ब्याज गरेर २०७४ सालमा नै चुक्ता गरेपनि साहु भगतले जग्गा फिर्ता नगरि बेचेकाले घरवारविहीन बनाएका छन् ।  मिटरब्याजी अजय भगतले पैसा बुझाएपछि पटकपटक जग्गा फिर्ता गर्न आग्रह गरे पनि आलटाल गर्दै २०७८ साल माघ ५ गते दुई किता बनाएर  १० लाख ५० हजारमा बेचेको थियो  ।  

दोहोरो नागरिकता विषयमा अजयसँग सम्पर्क गर्न खोज्दा आफू फोन नउठाइ भाइ विजयलाई बोल्न लगाएका थिए । विजयले अजय भारत गएको जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.