धुमपान नियन्त्रण गर्न सकेमा क्यान्सर हुने सम्भावना ८० प्रतिशत कम हुने

धुमपान नियन्त्रण गर्न सकेमा क्यान्सर हुने सम्भावना ८० प्रतिशत कम हुने

काठमाडौं : धुमपान नियन्त्रण गर्न सकेमा क्यान्सर हुने सम्भावना ८० प्रतिशत कम हुने चिकित्सकले बताएका छन्। 

आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रियामा उक्त कुरा बताइएको हो। 

नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको र क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको चिकित्सकहरूको भनाइ छ। 

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी कुमार झाले क्यान्सरको प्रमुख कारण सूर्ति सेवन र जीवनशैली रहेको बताए। नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाइ छ।  क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्नुपर्ने भन्दै उनले थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको धारणा राखे। 

त्यस्तै वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए। उनले क्यान्सरको बिरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको जानकारी दिए।

भक्तपुर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन भएको भन्दै सुर्ति सेवनलाई रोक्ने र  नियमित कसरत र जीवनशैलीमा ध्यान पुर्‍याउन सकिएमा क्यान्सरको खतरा ९० प्रतिशत कम हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.