मुस्कुराउँदै सरकारी वकिल कार्यालय छिरे टोपबहादुर रायमाझी

मुस्कुराउँदै सरकारी वकिल कार्यालय छिरे टोपबहादुर रायमाझी
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सरकारी वकिल कार्यालयमा पेस गरिएको छ। 

थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले सोमबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा पेस गर्दैछ। म्याद थपपछि प्रहरीले बाँकी अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ। 

फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार राति बुढानिलकण्ठको पासीकोट क्षेत्रबाट पक्राउ गरेको थियो। उनी ११ दिनपछि पक्राउ परेका थिए। प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गरेपछि रायमाझी रुपन्देहीबाट सम्पर्कविहीन बनेका थिए।

शरणार्थी प्रकरणमा उनका छोरा सन्दीप पनि पक्राउ परेका छन्। त्यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत पक्राउ परेका छन्। खाँणले सोमबारै सरकारी विकल कार्यालयमा बयान दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.