आर्थिक अभावले उपचारमा समस्या

आर्थिक अभावले उपचारमा समस्या
रंगेली अस्पतालमा प्रमिला ताजपुरीया । तस्बिर : जितेन्द्रनारायण ठाकुर ।
सुन्नुहोस्

विराटनगर : मोरङको रंगेली नगरपालिकाकी एक महिला आर्थिक अभावमा उपचारबाट वञ्चित भएकी छन्। रंगेली नगरपालिका –६  पिपल चोककी ३६ वर्षीया प्रमिला ताजपुरीया आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएकी हुन्।

आर्थिक अवस्था कमजोर भएकोले बिगत २ महिनादेखि रंगेली अस्पतालमा भर्ना भए पनि उपचार उनको उपचार हुन सकेको छैन।  
 

पेटमा पानी जम्ने समस्याबाट ग्रसित भएकी उनलाई रंगेली अस्पतालको शैय्याम छट्पटी रहेको देख्न सकिन्छ। दाहिने हातमा समस्या भएकाकी समान्य मजदुरी गरेर घर चलाउँदै आएकी प्रमिलाको स्वास्थ्य अचानक बिग्रिएपछि उनी अस्पताल भर्ना भएकी हुन्।

उनका श्रीमान देवराज ताजपुरियाले गाउँ घरमा सामान्य जन मजदुरी गरेर घर खर्च चलाउँदै आइरहेका छन्। गरिबीको कारण श्रीमतीको राम्रो अस्पतालमा उपचार गर्न सक्ने अवस्था नरहेको देवराजले गुनासो पोखेका छन्। 

प्रमिलाको घरमा ४ वटा सा-साना छोरी छन्। देवराज नानीहरुको पालनपोषणमा लागेका कारण प्रमिलाको रेखदेख उनकी आमा देवीले गरिरहेकी छन्।  

प्रमिलाको पेटमा जमेको पानी दैनिक निकाल्नु परेकोले उनलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने र थप उपचारको लागि अन्य अस्पतालमा लग्नुपर्ने अस्पतालले सुझाव दिएको छ।  आर्थिक अवस्था कम्जोर भएकोले उनलाई अन्य अस्पतालमा उपचार गराउन नसकिएको र  रंगेली अस्पतालमै उपचार गराउन बाध्य भएको प्रमिलाकी आमाले बताइन्। छोरीको जीवन बचाइदिन र उपचार खर्च सहयोग गर्न उनले सबैलाई अनुरोध गरेकी छन्।  
 
रंगेली अस्पतालले उनको उपचारमा लाग्ने खर्च निशुल्क गरेको छ। तर थप उपचारका लागि अन्य लैजानु पर्ने भएको अस्पतालका मेसु अरुण भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.