मन्त्रिपरिषद्बाट सरकारका नीति तथा कार्यक्रम अनुमोदन
काठमाडौं : मन्त्रिपरिषद्बाट सरकारको नीति तथा कार्यक्रम अनुमोदन भएको छ। शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह ४ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।