नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
काठमाडौं : सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ। अहिले ४ बजे संघीय संसदको संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्।
राष्ट्रपतिमा चयन भएपछि संसदमा पौडेलको यो पहिलो सम्बोधन हो।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको हो ।
नीति तथा कार्यक्रमपछि आजै बेलुका ६ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन्।