निजामती अस्पताललाई शिक्षण अस्पताल बनाइने
काठमाडौं : सरकारले निजामती अस्पताललाई शिक्षण अस्पताल बनाउने घोषणा गरेको छ। संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै संघीय अस्पताल र निजामती अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने नीति सरकारले लिएको बताएका हुन्।
चिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठानहरूलाई एकीकृत छाता ऐनअन्तर्गत सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रूपमा विस्तार गर्न एकीकृत छाता ऐन बनाइने बताए। प्रदेश र क्षेत्रीय अस्पतालको स्तरोन्नति गरी शिक्षण अस्पतालको रूपमा विकास गरिने बताए।