वाग्लेलाई हटाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

वाग्लेलाई हटाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
सदस्य सचिव बाग्ले । तस्बिर : जितेन्द्रनारायण ठाकुर । विराटनगर।

विराटनगर  : खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउने प्रदेश  सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । 

उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको इजलासले प्रदेश सरकारको बर्खास्त गर्ने  निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो  ।  कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।  

सरकारले निर्णय गर्नबितिकै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । शुक्रबार सरकारको निर्णय कार्यावन्यन नगर्ने आदेश दिएको सदस्य सचिव वाग्लेले जानकारी दिए। उच्च अदालतको आदेश आउन साथ आफू कार्यालयमा आएर हाजिर भएको उनले बताए ।  

वाग्लेलाई हटाउने तयारी गरेको सामाजिक विकास मन्त्रालयले दुई पटक स्पष्टीकरण सोधेको थियो । वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पहिलो र २९ गते दोस्रो पटक  स्पष्टीकरण मागेको थियो ।

दुवै स्पष्टीकरणको जवाफसमेत चित्तबुझ्दो नभएको जनाउँदै सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले वाग्लेलाई पदमुक्त गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.