बुटवलमा राष्ट्रिय पार्क सम्मेलन सुरु

बुटवलमा राष्ट्रिय पार्क सम्मेलन सुरु

बुटवल : देशभरका पार्क सञ्चालकहरू बुटवलमा भेला भएका छन्। पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने गरी पार्कलाई अझ व्यवस्थित गर्ने योजनासहित पार्क सम्मेलन गरिएको हो।

पर्यटन प्रवर्द्धन र समृद्धिका लागि पार्क भन्ने नारासहित बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलवारी) मा शनिबारदेखि दुई दिने पहिलो राष्ट्रिय पार्क सम्मेलन सुरू भएको हो। सम्मेलनको पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे। 

सम्मेलनमा बोल्दै नेता पौडेलले मुलुकको अर्थतन्त्र कहालिलाग्दो अवस्थामा पुगेकाले सरकारले प्रमुख प्रतिपक्षी लगायत सबै दल र विज्ञहरूसँग छलफल गरेर फजुल खर्च कटौती गरी राजस्वले चालु खर्च धान्नेगरी बजेट बनाउनुपर्ने सुझाए। 

पौडेलले भ्रष्टचार अन्त्य गरी सुशासन कायम गर्न सबै एकताबद्ध हुनुपर्ने बताए। गुरूयोजना बनाएर हरेक शहरमा एउटा पार्क निर्माण आवश्यक बनाउनुपर्ने भन्दै पौडेलले आवश्यक बजेट ल्याउनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाए। 

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन, रोजगारी र सांस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कहरूको महत्वपूर्ण योगदान रहेको बताए। समुदायको सहयोग र व्यवस्थापनमा व्यवस्थित रुपमा सञ्चालनमा आएका उनको भनाइ छ। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज बुटवलमा थप पार्कहरू निर्माण गर्ने सोचका साथ आफू अगाडि बढेको बताए। 

पाण्डेले पार्कको विकास र सम्बद्धर्नमा नगरपालिकाको सधै साथ र सहयोग रहने बताए। सम्मेलनले पार्कहरूले भोग्नुपरेका कानुनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्ने मणिमुकुन्द सेन उद्यानका अध्यक्ष  खेम लुइँटेलले बताए। 

पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरूको विकास र संरक्षणमा समस्या देखिएकाले नीतिगत तहमा समाधानको पहल सम्मेलनपछि थालिने बताए। कार्यक्रममा लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरी, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजू लगायतले बोलेका थिए। 

सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरू सहभागी छन। सम्मेलनले पार्कहरूको राष्ट्रिय नेतृत्व चयन गर्नेछ। सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेश गरेका थिए। सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.