सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूका के छन् प्राथमिकता

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूका के छन् प्राथमिकता
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। सामाजिक विकास मन्त्री झपट साउदले आफ्नो पहिलो प्राथमिकता सुशासन कायम गर्ने रहेको बताए।

‘मेरो पहिलो प्राथमिकता सुशासन हो। भ्रष्टाचारमा शून्य सहनसिलता हुन्छ,' उनले भने। त्यस्तै नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले पनि आफूले पारदर्शिता र सुशासन कायम गर्ने बताए। उद्योगहरूको विकास, लगानी, पर्यटनको प्रवर्द्धन र वनको सही सदुपयोगमा मेरो ध्यान रहनेछ,' उनले भने।

सरकार गठन भए को १०१ दिनपछि शनिबार सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ। नेकपा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसको तर्फबाट एक जना मन्त्री थपिएका हुन्। तर दुई मन्त्रालय दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएन। 

मुख्यमन्त्री कमल बहादुर शाहले आन्तरिक मामिला मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई नियुक्त गरेका छन्। उनी बझाङबाट प्रदेशसभा सदस्य हुन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री कमलबहादुर शाह र भौतिक पूर्वाधार मन्त्रीमा प्रकाशबहादुर देउवा यसअघि नै मन्त्री छन्।

नेकपा माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्रीमा झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश सि्ह धामी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीता देबी माल नियुक्त भएका छन्। 

साउद अछामबाट, धामी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित हुन भने गीता देबी माल डडेल्धुराबाट समानुपातिक प्रदेशसभा सदस्य हुन्। तीन जना मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार अपरान्ह पद तथा गोपनियताको सपथ दिलाए।

नेकपा एकीकृत समाजवादीबाट बाजुराका नरेश बहादुर शाही आर्थिक मामिला मन्त्री छन्। तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले भने सपथ लिन आएन। नागरिक उन्मुक्ति पार्टीको भागमा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय राखिएको छ। 

तर उन्मुक्तिले दुई मन्त्रालय नदिँदासम्म सरकारमा नजाने अडान राखेको छ। तीन मन्त्रालय दाबी गरेको माओवादी दुई मन्त्री र एक राज्यमन्त्रीमा झरेको थियो। उसले पनि आर्थिक या भौतिकमध्ये एक दिएपछि दुई मन्त्रालयमै मान्ने नत्र तीन मन्त्रालय चाहिने भन्दै अडान लिएको थियो। तर माओवादी दुई मन्त्री र एक राज्यमन्त्रीमा सरकारमा गएको छ।

शुक्रबार हुने भनिएको सपथ नागरिक उन्मुक्तिकै कारण शनिबारका लागि सरेको थियो। तर उन्मुक्तिले शनिबार पनि एक मन्त्रालय दिने भए सरकारमा नजाने भनेपछि मुख्यमन्त्रीले सरकार विस्तार गरेका हुन्। मुख्यमन्त्री एक राज्यमन्त्री थपेर पनि उन्मुक्तिलाई फकाउन जुटेका छन्। 

‘नागरिक उन्मुक्तिका लागि हामीले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुरक्षित राखेका छौं। शुक्रबार उनीहरूले एक दिनको समय मागेका कारण हामीले शुक्रबार नै हुने भनिएको सपथ कार्यक्रम शनिबारका लागि सारेका हौं,' मुख्यमन्त्री शाहले भने। ‘हामीलाई आशा छ, छिट्टै नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुनेछ।’

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि, एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि कमलबहादुर शाह २०७९ को माघ २७ गते मुख्यमन्त्री भएका थिए। उनी संविधानको धारा १६८ (३) अनुसार संसदमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री भएका हुन्। शाहले विश्वासको मत पाए पनि भागबण्डा नमिलेकै कारण सरकार विस्तर गर्न सकेका थिएनन्।
 
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस १९ सिट जितेर पहिलो दल बनेको छ भने ११ सिट (सभामुखसहित) जितेर नेकपा माओवादी दोस्रो ठूलो दल बनेको छ। नेकपा एमाले (उपसभामुख सहित) १० सिट, नागरिक उन्मुक्तिले ७ सिट, नेकपा एकीकृत समाजवादी ४ सिट, राप्रपा १ सिट र स्वतन्त्र एक सिट रहेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.