दुबै खुट्टा गुमाएका बुढामगरले चुमे सगरमाथाको शिर

दुबै खुट्टा गुमाएका बुढामगरले चुमे सगरमाथाको शिर
सुन्नुहोस्

घुँडामाथिसम्म खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्न सफल बुढामगर पहिलो व्यक्ति हुन्।

सोलुखुम्बु : घुँडामाथिसम्म दुबै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर चुमेका छन्। शुक्रबार दिउँसो बुढा मगरले सगरमाथा आरोहण गरेको जनसम्पर्क समितिले जनाएको छ। 

यससँगै घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमानसमेत बनाएका छन्। मगरले कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गरेका हुन्। दुबै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्। 

उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन् भने घुँडामाथिसम्म खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्न सफल बुढामगर पहिलो व्यक्ति हुन्। आरोहणको जनसम्पर्क अधिकृत हिम विष्टका अनुसार मगरको टोलीले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेका हुन्। 

संसारको शिखरमा चढ्न आफूले सक्दा अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्ने आरोही मगरले बताए। सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन्। 

ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए। उनले दुबै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.