नगरपालिकामा जनस्वास्थ्य प्रयोगशाला स्थापना
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाको पर्साही चौकीमा जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ।
प्रयोगशालाको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल र हंसपुर नगरपालिकाका प्रमुख प्रदिपकुमार यादवले संयुक्त रुपमा उद्घाटन गरे।
मधेस प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र हंसपुर नगरपालिका बीचको सहकार्यमा प्रयोगशाला स्थापना गरिएको हो।
प्रयोगशालाको उद्घाटन गर्दै सभामुख मण्डलले गाउँमै सर्वसुलभ मूल्यमा सेवा पाउनु आम नागरिकको लागि बरदान भएको बताए।