उद्दण्ड यात्रीले उडिरहेको विमानको ढोका खोलेको आरोप

निजले धावनमार्गबाट विमान दुई सय मिटरको उचाइमा रहेको बेलामा ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो ।
सोल : एक जना उद्दण्ड यात्रीमाथि अवतरणको तयारीमा रहेको विमानको आपत्कालीन ढोका खोलेको आरोप लागेको छ । यद्यपि विमान सुरक्षित रुपमा अवतरण भएको छ।
दक्षिण कोरियाको राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित डेगु विमानस्थलमा अवतरणको तयारीमा रहेको एशियाना एयरलाइन्सको विमानको आपत्कालीन द्वार एक जना उद्दण्ड यात्रीले जबरजस्ती खोलेका विमान कम्पनीले बताएको छ।
निजले धावनमार्गबाट विमान दुई सय मिटरको उचाइमा रहेको बेलामा ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो ।
विमान कम्पनीका अनुसार सास फेर्न गाह्रो भएका ती यात्रीलाई अस्पताल भर्ना गरिएको छ। मध्यआकाशमा विमानको आपत्कालीन द्वार खोल्ने ती यात्रीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
