‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ’

गणतन्त्र दिवस जनता विजयी भएको महान उत्सव हो, अविस्मरणीय दिन हो : ओली

गणतन्त्र दिवस जनता विजयी भएको महान उत्सव हो, अविस्मरणीय दिन हो : ओली
फाइल तस्बिर।

नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको बंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु नहुने बताएका छन्। सोमबार शुभकामना दिँदै उनले गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको बताएका हुन्।

‘आज हामी १५ औं गणतन्त्र दिवस मनाइरहेका छौं। यो नेपाली जनताको बलिदान र सङ्घर्षको सफलताको दिवस हो। नेपाली जनताको उल्लासपूर्ण पर्वको दिन हो।’पूर्वप्रधानमन्त्री ओलीले भनेका छन्, ‘गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो। जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो।’

ओलीले गणतन्त्र बंशीय एकाधिकार तोडेर जनता स्वयं आफ्नो मालिक बन्ने प्रणाली स्थापनाका लागि भएको बताएका छन्। शुभकामना सन्देशमार्फत उनले भनेका छन्,‘हामीले गणतान्त्रिक प्रणालीका लागि जीवन जोखिममा राखेर संघर्ष गरेको राज्य सञ्चालनमा रहेको बंशीय एकाधिकार तोडेर जनता स्वयं आफ्नो मालिक बन्ने प्रणाली स्थापनाका लागि हो। सबैलाई अवसरमा समानता, न्यायमा पहुँच र जीवनमा सुखको प्रत्याभूति गर्नका लागि हो।सबैलाई अवसरमा समानता, न्यायमा पहुँच र जीवनमा सुखको प्रत्याभूति गर्नका लागि हो।’

उनले निरंकुश तन्त्रलाई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट एक बंशीय एकाधिकारको प्रणाली तोडेर जनताको शासन स्थापित गर्न सफल भएको बताएका छन्। आफ्ना मत र मान्यताहरुलाई राख्ने र राज्य सञ्चालकहरुमाथि प्रश्न उठाउन पाउने संवैधानिक अधिकार जनतालाई भएको उनको भनाई छ। अहिलेको आवश्यकता गणतन्त्र स्थापनापछिका त्रुटिहरुको प्रचार नगरी त्रुटि भए तिनलाई सच्याउनु पर्न बताएका छन्। 

‘अहिले हामी स्वतन्त्रताको निर्वाध उपभोग गर्न पाउने खुला समाजमा छौं। आफ्ना मत र मान्यताहरुलाई राख्ने र राज्य सञ्चालकहरुमाथि प्रश्न उठाउन पाउने संवैधानिक अधिकार जनतालाई छ। अहिलेको आवश्यकता गणतन्त्र स्थापनापछिका त्रुटिहरुको प्रचार गर्ने होइन। त्रुटि भएका छन्, तिनलाई सच्याउनु पर्छ। त्रुटि गर्नेले महसुस गर्ने र सच्चिने काम गर्नु पर्छ। तर, नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको बंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न। यसले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउँछ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘गणतन्त्रात्मक प्रणाली सञ्चालन गर्ने क्रममा भएका त्रुटिको अर्थ हिजोको निरंकुश कालमा जनतामाथि भएका क्रूर दमन, जनताका अधिकारहरुमाथिका बन्देज र हुकुम नै कानुन हुने परिपाटी सही थियो भन्ने होइन। त्यो बर्बरता बिर्सिइएको हुन सक्ला, सही सावित भएको किमार्थ होइन।’

मुलुकको मालिक जनता बन्ने प्रणालीको विकल्प एक परिवार, एक बंशको हुकुमी शासन हुन नसक्ने ओलीको भनाई छ। पूर्वप्रधानमन्त्री ओलीले भनेका छन्, ‘अहिले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरंकुशतन्त्र मार्फत राज्यस्रोतमाथिको हालीमुहाली गुमेकाहरुबाट गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो' भन्नेजस्ता मिथ्या प्रचार सुरु गरिएका उनको भनाई छ। २००७ सालमा राणा शाहीको अन्त्य गरेदेखि नै गणतन्त्रको सपना देख्ने हामी नेपालीहरुले यसको तथ्यसंगत खण्डन गर्नु पर्दछ। शासनाधिकार एउटा बंशमा हुन्थ्यो, उसको बोली कानुन हुन्थ्यो, राज्यस्रोतमा उसले चाहेजसरी मनमौजी गर्थ्यो, गणतन्त्रमा जस्तो त्यसबारे प्रश्न उठाउने अधिकार जनतालाई हुँदैनथ्यो। जनताका मुख बन्द गरेर देखाइने सुशासन सुशासन थिएन, हुकुमी बन्देजले खडा गरेको मूर्दाशान्ति थियो। तसर्थ हाम्रा बाआमा, दाजुभाइ, दिदीबहिनीहरुले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको यस प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नु पर्छ। मुलुकको मालिक जनता बन्ने प्रणालीको विकल्प एक परिवार, एक बंशको हुकुमी शासन हुन सक्दैन। यसमा हामी सबै स्पष्ट हुनु पर्दछ।’

ओलीले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दतिसमेत भएको  बताएका छन्। उनले भनेका छन्, ‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनु पर्छ, जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायहरुको बीचमा विभेद र बहिस्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस्। लोकतान्त्रिक गणतन्त्रको यस सुन्दर प्रणालीलाई मजबुत बनाएर हामीले गरिबी र पछौटेपन विरूद्धको लडाईं जित्नु पर्ने छ। ’

शुभकामना सन्देशमा भनिएको छ, ‘जन्मसिद्ध श्रेष्ठताको सामन्ती प्रणालीमा आधारित र जबरजस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको लागि आफ्नो जीवन उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। गणतन्त्रको सपना देख्नुहुने र हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु। गणतन्त्र प्राप्तिको यस लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिनन्दन गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.